प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५
मोरङ । विराटनगरमा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा श्रीलंकालाई ४ गोल अन्तरले हराउँदै नेपाल विजयी भएको छ। यो सँगै नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ।
खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन्।
त्यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नेपालका लागि अनिता बस्नेतले दोस्रो गोल गरेकी थिइन्।
त्यस्तै अनिता बस्नेतको पासमा सावित्रा भण्डारीले ८१औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरेकी थिइन् भने ८६औँ मिनेटमा नेपालका लागि रेखा पौडेलले अनिता बस्नेतकै पासमा चौथो गोल हानेकी थिईन्।
आज सेमिफाईनलमा प्रवेश गरेको नेपाल अब उपाधिका लागि बंगलादेश र भारतबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij