मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

होटलमा १६ सय जनाको लुकीलुकी अश्लील भिडियो बनाएर लाखौंमा बेचियो

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५



  • सियोल (बीबीसी)। दक्षिण कोरियाको होटलको कोठामा करिब १६ सयजनाको गोप्य तरिकाले भिडियो बनाएको र त्यसलाई वेबसाइटमा बेचेको आरोपमा अहिलेसम्म चार पुरुषलाई पक्राउ गरिएको छ । क्यामरालाई टिभी, हेयर ड्रायरको होल्डर र सकेटमा लगाइएको थियो । यसमार्फत् यी पुरुषहरु ६ लाख रुपैयाँसम्म कमाउँथे । यदि उनीहरु दोषी ठहर भए १० वर्षसम्मको जेल र तीन अर्ब रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

    दक्षिण कोरियामा गोप्य तरिकाले अश्लिलता खिचेको मामला निकै तीब्र रुपमा फैलिएको थियो र यसविरुद्ध प्रदर्शन पनि भएको थियो । बीबीसीसँगको कुराकानीमा कोरियाली पुलिसले दिएको जानकारी अनुसार गत वर्ष अगस्टमा दक्षिण कोरियाका १० शहरका ३० विभिन्न होटलमा १ एमएम लेन्स क्यामरा लगाएका थिए । नोभेम्बरमा एक वेबसाइट बनाइयो जसले ३० सेकेन्डसम्म निःशुल्क भिडियो देखाउँथ्यो र पूरा भिडियो हेर्नका लागि पैसा तिर्नुपर्दथ्यो ।

    उनीहरुले आठ सय तीनवटा भिडियो अपलोड गरेको बताइन्छ र विदेशमा वेबसाइटको सर्भरलाई आधार बनाएर कानूनबाट बच्ने कोसिस गरेका थिए । पुलिसका अनुसार ९७ जनाले यसका लागि पैसा दिइरहेका थिए जसमार्फत् यी पुरुषहरुले कमाई गरे । यो महिना यो वेबसाइटलाई बन्द गरियो । सोल मेट्रोपोलिटन पुलिस एजेन्सीका प्रवक्ताले स्थानीय पत्रिका कोरिया हेराल्डसँग भने, ‘अवैध भिडियोलाई पोष्ट र सेयर गर्नेहरुलाई पुलिस निकै कडा रुपमा प्रस्तुत भएको छ किनभने यो मानवीय गरिमालाई गम्भीर तरिकाले क्षती पुर्याउँछ ।’पोर्नोग्राफी र त्यसको प्रसार दक्षिण कोरियामा गैर–कानूनी छ ।

    गोप्य भिडियो बनाउनमा देशको तीब्र गतिको इन्टरनेट पनि जिम्मेवार भएको बताइँदै छ । थुप्रै भिडियो शौचालय र चेन्जिङ रुममा बनाइन्छन् र त्यसलाई बदलाको रुपमा मानिसहरु पोष्टसमेत गर्छन् । यस्तो मामला सन् २०१२ मा २४ सय थियो जुन २०१७ मा बढेर ६ हजार बढी पुगेको छ ।

    सन् २०१७ मा जासुसी क्यामरासँग सम्बन्धित अपराधमा ५ हजार चार सय बढीलाई पक्राउ गरिएको थियो जसमध्ये दुई प्रतिशतभन्दा कम व्यक्तिलाई जेलको सजायँ भएको थियो । यस्तो भिडियो बनाएपछि मानिसहरु निकै आक्रोशित भएका थिए र राजधानी सोलमा थुप्रै प्रदर्शन पनि भएको थियो । त्यहाँका जनताले यी मामलाका दोषीलाई कडा सजायँको माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij