आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपिलवस्तुमा भिषण आगलागी, ११ घर जलेर नष्ट

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५



  • कपिलवस्तु । कपिलवस्तुको शिवराजमा भीषण आगलागीबाट ११ घर जलेर नष्ट भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका, ६ पैकीवण्डामा शुक्रबार दिउँसो भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।

    स्थानीय बुधई कुर्मीको फुसले छाएको कच्चीघरबाट सल्किएको आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    आगलागीबाट ५४ लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ। यस्तै आगलागीबाट ४५ वर्षीय शोन उल्ला मिया घाइते भएका छन्।

    उनको अहिले स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीमा परी एउटा गाई र दुइटा गोरु जलेका छन्।

    स्थानीय बुधई कुर्मी, इलाकत मुसलमान, हरि मियाँ, राहद मियाँ, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान, शोन उल्लाह मियाँ, किस्लावती कुर्मी, वहाप मुसलमान र बर्मा कुर्मीको घर जलेर नष्ट भएका छन्।

    यसअघि पनि शिवराज नगरपालिकाको वनकसवासमा भीषण आगलागी भएको थियो। दमकल, प्रहरी, स्थानीयको संयुक्त प्रयासमा अपरान्ह ५ बजे आगो नियन्त्रणमा लिइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij