मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज आईतबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • आज मिति २०७५ साल चैत १० गते । तदनुसार इश्वी सन् २०१९ मार्च २४ तारिख । शकसंवत् १९४० । विरोधकृत् संवत्सर । उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष, चतुर्थी तिथि आईतबार । 

    मेष

    काममा सक्रियता बढाउनु होला । जति ग-यो उति आफुलाई फाइदा हुनेछ । काममा ढिला सुस्ति गरेमा उपलब्धि गुम्नेछ । तर आजको अधिकाँश समय भने अनुकुल नै देखिन्छ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । प्रेरणाका स्रोत भेटिने छन् ।

    वृष

    संघर्ष नगरि कहि केहि मिल्ने छैन । गोपनियता भङ्ग गरेमा आफैलाई घाटा हुनेछ । भय त्रासको अन्त्य हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । काम गर्दा आफ्नो हात माथि पर्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । सहयोग गर्ने कमै भेटिने छन् । नयाँ कार्य योजनाका बारेमा छलफल हुनेछ ।

    मिथुन

    अन्योलता हटेर जानेछ । गरेका काम सफल हुनेछन् । विशेष गरेर महिलाको सहयोग लिएर काम गर्नु बढि लाभदायक होला । सक्रिताले नै सफलताको शिखर चढाउनेछ । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । यात्रामा कठिनाई आउन सक्छ । आम्दानीलाई बचाउन गाह्रोे हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला ।

    कर्कट

    शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । काम गर्न मन लाग्ने छैन । घरयासी खर्च बढ्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि हुनेछन् । आफ्नो स्वार्थको लागि कसैले उचाल्ने काम गर्न सक्छन् बुझेर मात्र काम गर्नुहोला । भौतिक सुख,शान्तिमा कमी आउनेछ । आहार विहार नमिलाउदा स्वास्थ्य कमजोर बन्न सक्छ ।

    सिंह

    अल्छि गर्दा अवसर गुम्नेछ भने सक्रियताले शिखर चुमाउनेछ । समयको ख्याल राखेर काम गर्नु भयो भने धेरै कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । कला सहित्य न्याय तथा शैक्षिक प्रतिष्ठानबाट लाभान्वित हुनुहुनेछ । मान सम्मान मिल्न सक्छ ।

    कन्या

    ग्रह,गोचर सामान्यतया मध्यम देखिन्छ । प्रयत्नपूर्वं गरेका काम सफल हुनेछन् भने अरुको भरमा मात्रै काम गर्नु भयो भने असफल हुने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विना सोच विचार कुनै पनि विषयमा निर्णय लिनु गलत हुनेछ । इष्टमित्र साथी भाईको सल्लाह लिएर काम गर्नु होला ।

    तुला

    भोग विलासिता तिर मात्रै मन नदिई काम तिर पनि ध्यान दिनु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । वास्तुकला तथा निमार्ण सम्बन्धि कामबाट बढि लाभ हुनेछ । वौैद्धिक व्यक्तित्व सँग नयाँ विषय बस्तुका बारेमा विचार विमर्श हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

    वृश्चिक

    आफुले सोचे जस्तो हुने छैन । परिश्रम अनुसारको प्रतिफल कम मिल्नेछ । खुला रुपमा काम गर्न गाह्रो हुनेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । भौतिक चिन्तन बढि हुनेछ । व्यर्थको घुमाई फिराई भेटघाटमा समय बढि खर्च हुने देखिन्छ । उपकारी काममा धन खर्च हुनेछ । अस्थिरता बढ्नेछ ।

    धनु

    समयको सदुपयोग गर्नु होला ढिला सुस्ति गर्दा उचित लाभ लिन सकिने छैन । एउटा कामको टुङ्गो नलगाई आर्को काममा हात नहाल्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तका कारण खर्च गर्नु पर्ने बाध्यात्मक स्थितिको सृजना हुनसक्छ ।

    मकर
    स्थिर भएर काम गर्नु होला । तपाईका सोच र विचार सर्वमान्य हुनेछन् । कामले प्राथमिकता पाउनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । व्यवसायमा नयाँ सम्भावना देखिने

    छन् । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ ।

    कुम्भ

    समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु होला । अरुका कामलाई कम प्राथमिकता दिनुहोला नत्र आफ्ना काम अधुरा रहनेछन् । यात्राको सम्भावना लाई नकार्न सकिन्न । धार्मिक काममा सक्रियता बढ्नेछ । आस्था र विश्वास बढ्नेछ । कला सहित्यतिर मन जानेछ । विरोधी कमजोर बन्नेछन् । समस्या घट्दै जानेछन् ।

    मिन

    परिश्रमको प्रतिफल थोरै मिल्नेछ । नयाँ कामको पनि शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । अनावस्यक चिन्ताले सताउन सक्छ । उपलब्धि विहिन खर्च बढ्नेछ । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । अरुको भर परेर काम गर्नु भयो भने दुःख पाउनु हुनेछ । उपलब्धि गुम्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij