मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • काठमाडौं। सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन्।

    सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हुनन् हुन नदिने मूल्य उद्देश्यका साथ सो शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन्।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको सो शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरुको शिशुहरुको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ।

    कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरुको शिशुहरुको स्याहारका लागि सो केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरुका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीहरुको पनि व्यवस्था गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij