मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपत्यकाका विभिन्न सडकमा चिह्न लगाइने

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • काठमाडौँ । सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ ।

    काठमाडाँैका चक्रपथलगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताए । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना सडकमा चिह्न मेटिएका ठाउँमा नयाँ चिह्न लगाउन लागिएको हो । उनले भने, “ठेक्का प्रक्रिया अघि बढेकाले केही समयमा नै काम शुरु हुनेछ ।”

    सडक चिह्न हुँदा सडक सुरक्षा कायम हुने महानिर्देशक श्रेष्ठले बताए । “कोटेश्वर–कलङ्की सडकमा चिह्न पर्याप्त नहुँदा सडक सुरक्षित नभएको विषय उठिरहेको थियो”, उनले भने, “सडक सुरक्षाकै लागि कतिपय ठाउँमा सडक चिह्न त कतिपय ठाउँमा आकाशे पुल निर्माण भइरहेको छ ।” विभागले काठमाडौँका मुख्य सडकमा आकाशे पुल र सडक पुल निर्माण शुरु गरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij