आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठौ राष्ट्रिय खेलकुदमा एनआरएनएले ९ देशका २४ खेलाडी सहभागी गराउँदै

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • काठमाडौ ।  गैरआवासीय नेपाली संघ (एनआरएन)ले पहिलो पटक आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने भएको छ । यही चैत्र अन्तिम सातादेखि नेपालगञ्जमा हुने खेलमा विदेशमा बस्ने नौ देशका २४ खेलाडीले ९ वटा खेलमा सहभागिता जनाउन लागेका हुन् ।

    विभिन्न कारणले विदेशीएका नेपाली खेलाडीलाई पुनः नेपालसँग जोड्नका लागि राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरी पहिलो पटक सहभागिता जनाउन लागिएको जानकारी एनआरएनका अध्यक्ष भवन भट्टले काठमाडौमा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    राष्ट्रिय खेलकुदमा अव ७ प्रदेश, तीन विभागिय टोलिसँगै गैरआवासीय नेपाली खेलाडीले सहभागिता जनाउने छन् । ‘इतिहाँसमा नै पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले गैरआवासीय नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुदमा आमन्त्रण गरेको हो’ संघका अध्यक्ष भट्टल पत्रकार सम्मेलनमा भने–‘विदेशमा धेरै नेपाली खेलाडीहरु रहेका छन्, उनीहरुलाई फेरि नेपाल जोड्ने काम खेलकुदले गर्दछ ।’ विदेशमा रहेका नेपालीहरुले त्यहाँको आधुनिकतासँगै केही बढि अनुभव लिने अवसर पाएको अध्यक्ष भट्टको भनाई छ।

    एनआरएनए खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिण्टन, लङटेनिस, टेवल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेल्नेछन् जसका लागि अमेरिका, यूएई, अष्ट्रेलिया , मकाउ, जापान र हङकङदेखि नेपाल आउने संघका महासचिव डा. बद्री केसीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिए ।

    विस्वका विभिन्न ८० देशमा आफ्नो सञ्जाल बिस्तार गरेको एनआरएनको हरेक देशका कार्यसमितिले युवा तथा खेलकुद समिति बनाएर विदेशमा खेलकुदको विकासमा काम गरिरहेको छ । यसरी राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीहरुको पुनरागमनले केही राम्रो सन्देश दिने आम नेपालीको बुझाई छ।

    आइतवार एनआरएन मुख्यालयमा भएको पत्रकार सम्मेलनमा एनआरएन आइसीसी सदस्य मनोज गोर्खाली, मुकेश बरुवाल, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने,रास्ट्रीय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवँर लगायत एनआरएनए खेलाडीहरुको उलेख्य उपस्थिति रहेको थियो ।

    भिडियो:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij