मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी हुन् करिश्माका बेञ्च पार्टनर : के भन्छन् बास्काेटा ?

  • प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५



  • काठमाडौं – नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्मा मानन्धर यतिखेर एसइइ परीक्षामा व्यस्त छिन् । उनीसँगै परीक्षा दिने सुजन बास्कोटा करिश्माका बेञ्च पार्टनर हुन् । बास्कोटा क्लासकै फस्ट ब्वाई हुन् । उनले कोचिङ पढ्दै गर्दा थाहा पाएका थिए करिश्मा मानन्धर अब सँगै पढ्ने भनेर । उनी अचम्म परेका थिए, टेलिभिजनको स्क्रीनमा देखेको ग्ल्यामरस स्टार करिश्मा आफूसँगै पढ्ने भन्दा ।

    बास्कोटाले भने, ‘जब करिश्मा आफूसँग पढ्ने भन्ने थाहा पाएपछि घरमा गएर सुनाइहालेँ, मेरो जोइन्ड फ्यामिली हो, मैले हजुबुवालाई पहिला यो खबर सुनाएको थिएँ ।’

    उनी सम्झदैँ रमाउँदै थिए । ‘मैले घरमा भनेको शुरुमा कसैले पनि पत्याउनुभएन, स्कूलमा बिल तिर्न आउँदा देखेपछि मात्र हो भन्ने भयो ।’ १५ वर्षका बास्कोटाले यो खबर साथीलाई पनि भनेका थिए, घरका मानिसले जस्तै साथीले पनि पत्याएनन् । पछि भिडियोको अन्तरवार्ता देखेपछि विश्वास नगर्ने कुरै भएन ।

    शुरु शुरुमा एकदमै अफ्ठेरो भयो रे, ‘उहाँ केटि साथीहरुसँग मात्र बोल्नुभयो ।’ तर पछि सबै सामान्य भयो । करिश्मा उनीसँग फस्ट बेञ्चमा बस्छिन् । उनी पहिलो पटक परिक्षामा करिश्मासँग आमुने सामुने भएका थिए ।

    करिश्मा ठूलो उमेरको भएपनि, कलाकार भएपनि केही फरक हुँदैन भन्छन् बास्कोटा । ‘हामीसँग मिलेर बस्नुहुन्छ’। उनले पहिलो पटकको कुराकानी सम्झदै भनेँ, ‘८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij