प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५
काठमाडौं । चलचित्र ‘लभ स्टेसन’ टिमले ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् ।
यही २२ चैतदेखि प्रदर्शनमा आउन लागेको ‘लभ स्टेशन’ का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले काठमाडौंको गोकर्ण स्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिधालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एकमुष्ट रकम शनिबार बिहान प्रदान गरेका हुन् ।
अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपांग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।
चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
चलचित्रलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
फिल्मका निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij