आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्ड पत्नी सीताकाे स्वास्थ्यमा सुधार

  • प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५



  • काठमाडौँ। अमेरिकामा उपचार गराई रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ।

    पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गगरेका थिए। एक हप्ताको उपचारपछि उहाँमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ।

    प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ। आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहनु भएकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुग्नुभएको छ ।

    सोमवारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ। उनको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij