आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

  • प्रकाशित मिति : बुधबार, चैत्र १३, २०७५



  • काठमाडौँ । २३ वर्षमुनिको एएफसी (यू-२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।

    कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो।

    छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो।

    यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो।

    अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक÷एक गोल गरे । खेलको २४औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई शुरुआती अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको ३४औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को सहज जित दिलाए।

    त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ।

    मङ्गलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई/दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij