मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोरङमा वन संरक्षण जनचेतना सप्ताह सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५



  • विराटनगर । वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन्। प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ।

    निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९.९ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ।

    प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने गरेको पाइएको छ भने विशेष गरेर मानवका कारण वन डढेलो लाग्नु र वन क्षेत्रमा रहेका बस्ती पनि जोखिममा पर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले निगरानी बढाउन डिभिजन वन कार्यालयले ‘डढेलो नियन्त्रण गरौँ, वन जोगाऔँ’ भन्ने प्रमुख नाराकासाथ वन डढेलो नियन्त्रण जनचेतना सप्ताह बुधबार सम्पन्न गरेको छ।

    वनमा पसेर घाँसपात गर्ने, पिकनिक मनाउने, निगरो र च्याउका निम्ति मानिसले आगो लगाउने गरेको तथ्य सार्वजनिक भएको छ भने कतिपय सामुदायिक वन उपभोक्ता समितिले डढेलो शीर्षकमा राखेका रकम खर्च गर्न पनि वनमा आगो लाग्ने गरेको अनुमान बाहिर आएको छ।

    वनमा आगो लाग्दा रुखको फेदमा रहेका स–साना बोटबिरुवा, घाँसपात, झार डढ्नुका साथै वनमा आश्रित वन्यजन्तु पनि जलेर खरानी हुनुले ठूलो समस्या देखिएको छ।

    मोरङको वेतना सीमसार सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित पत्रकार र वनका पदाधिकारी एवं सञ्चारकर्मीसँगको छलफलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले वन हामी मानवका निम्ति अत्यन्त आवश्यक रहेकाले यसलाई जोगाउनु हाम्रो धर्म हो, उनले भने।

    पथरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश पौडेलले वन क्षेत्रमा दैनिक आगलागी भइरहेकाले आगो निभाउन परम्परागत प्रविधि तथा उपाय अतिरिक्त आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिए।

    ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष अमर सङ्ग्रौला, सञ्चारकर्मी गोपाल काफ्ले, भीमराज अधिकारी, मोहन भट्टराई र भक्तशेर लिम्बूले वन राष्ट्रको धन भएकाले यसको विनाशभन्दा विकास र विस्तारमा लाग्नुपर्नेमा जोड दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij