मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज शनिबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • आज मिति २०७५ साल चैत १६ गते । इश्वी सन् २०१९ मार्च ३० तारिख । शकसंवत् १९४० । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष दशमी तिथि शनिबार ।

    मेष

    ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अवसरको खोजीमा हुनुहुन्छ भने त्यो प्राप्त हुनसक्छ मेहनत थोरै बढि गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

    वृष

    समयमा अझै पूर्ण सुधार आउने छैन । सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । अहार विहारमा ध्यान दिन होला । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । आस्था र विश्वास पलाउनेछ । आध्यात्मिक काम हुनेछन् ।

    मिथुन

    दिन प्रतिकुल देखिन्छ । अन्योलता बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । गरेका अधिकाँश काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

    कर्कट

    दिन सामान्यतया अनुकुल जस्तै देखिन्छ । जीवन साथीको सहयोगमा धेरै काम सम्पन्न हुनेछन् । लोभ मोह बढ्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । प्रयत्नबाट नयाँ काम हात पर्नेछ ।

    सिंह

    सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । राजनैतिक व्यक्तित्वबाट सहयोगको अपेक्षा नराख्नु होला ।

    कन्या

    मनमा भ्रम पालेर नबस्नु होला । पढाईतिर भन्दा बाहिरी काममा बढि ध्यान जानेछ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । आलस्यता नै शत्रु सम्झेर काम गर्नुु होला । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । प्रेमिकाले धोका दिन सक्छिन् ।

    तुला

    पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईनेछ । आफ्ना काम सफल गर्न पनि बढि मेहनतको आवस्यकता पर्नेछ । अरुको भर धेरै नपर्नू होला । आफन्तबाट नै विश्वास घात हुनसक्छ । उपभोग्य बस्तु खरीद गर्नु पर्नेछ ।

    वृश्चिक

    समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अध्ययन अध्यापनमा अभिरुची बढ्नेछ ।

    धनु

    लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ ।

    मकर

    समयमा सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । गलत विचारको अन्त्य हुनेछ भने शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ ।

    कुम्भ

    समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । आफन्तसँगको विश्वास र भरोसा टुट्नेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । मिशनमा पुग्न गाह्रो हुनेछ । अरुको कुरामा धेरै नलाग्नु होला । धन आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

    मिन

    समग्रमा दिन अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । सानो मन गरेर कुनै पनि काम नगर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु बढ्ने छन् । सहयोगी हात भेटिने छन् । पढाईमा प्रगति हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij