आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुन राशिका लागि शुभ, कुनका लागि अशुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • मेष

    नयाँ अवसरले पछ्याएको अवस्था छ, जसबाट आफ्नो आर्थिक स्थितिमा परिवर्तनसमेत ल्याउन सकिनेछ । सामाजिक क्षेत्रमा रचनात्मक भूमिका निर्वाह गर्दा प्रतिष्ठा प्राप्त हुनेछ। पारिवारिक जिम्मेवारी वहन गर्दा खर्च बढ्नेछ भने भौतिक सुविधाका साधन खरिद गर्न आकर्षित भइनेछ । अन्य साना–तिना खर्चले समेत पिरोलिरहनेछन्।

    वृष

    पूर्वपरिचित मित्रहरूले मन पराएको सन्देश पठाउन सक्छन् । तपाईंको निर्णय पारिवारिक रूपमै अनुमोदन होला । कार्यस्थलको स्वरूपअनुसार पहिरनमा ध्यान दिनुहोला । गफमा समय व्यतीत गर्ने साथीभाइबाट टाढै रहनुपर्छ । व्यवहारिक काममा कन्जुस्याइँ नगर्नु नै आफनो हितमा हुनेछ

    मिथुन

    नीलो रंगको रचनात्मक प्रयोगबाट लाभ लिनसकिनेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान प्राप्त हुनेछ । मित्रहरूले दिएका वचन पूरा हुनेछन् । आफूभित्रको भय उत्साहमा परिर्वतन भै समाज सेवातर्फ आकर्षित भइनेछ । मनोरञ्जनमा सहभागी भै सवारी चलाउँदा विशेष ध्यान पुर्‍याउनुहोला ।

    कर्कट

    खानपान तथा मौसमको फेरबदलका कारण शारीरिक दुर्वलता देखा पर्न सक्छ । डाहा गर्नेहरूले भित्रभित्रै प्रशंसा गर्न थाल्नेछन । संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग पुर्‍याउनेछ । परिवारजनलाई सहयोग गर्ने कामबाट टाढै रहनुहोला।

    सिंह

    होसियारीपूर्वक गरिएको कार्यबाट प्रर्याप्त आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । रोजगारीको अवसर जुट्न सक्छ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद हुने योग छ।

    कन्या

    आवेशमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । परिस्थितिअनुरूप निर्णय गर्नुहोला । कुनै पनि कार्य सम्पन्न गर्दा धैर्यतालाई महत्व दिनुहोला । अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । हरियो रंगको प्रयोग फाइदाजनक सावित हुनेछ। आइतबार तथा बुधबार महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।

    तुला

    अरूलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । जिद्दी गरी गल्ती सच्याउन खोज्दा अझ पछि परिनेछ । खराव आचरण भएकाहरूले पिछा गर्न सक्छन् । सेयर बजारमा गरिएको लगानीले नाफा दिनेछ । आर्थिक अभाव निराकरण गर्ने वैकल्पिक उपाय पहिल्याउन सकिनेछ ।

    वृश्चिक

    संयमित भै खानपान र जीवनचर्यामा ध्यान दिए स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेको व्यवसाय सञ्चालनमा ढिला सुस्ती हुन सक्छ । गोपनीयता भंग भै काममा धोका होला । प्रयत्न गरे अरूको मन जित्न सकिनेछ । विदेश जाने योजना सफल हुनसक्छ।

    धनु

    विलसिताका सामग्री खरिद गर्न मन उत्साहित हुनेछ । प्रतिष्ठित व्यक्तिको प्रेरणाले ज्ञान आर्जन गर्ने अवसर जुट्न सक्छ । सरोकार नभएका विषयमा समय खर्चंदा पछि परिनेछ । साथीभाइसँगको जमघटमा नौला एवं स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ । साताको प्रारम्भको तुलनामा उत्तरार्द्ध बढी लाभदायक देखिन्छ।

    मकर

    आकस्मिक यात्रा गर्दा आर्थिक लाभ समेत होला । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ । आफ्ना योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा, सेमिनार, तालिम आदिमा सहभागि हुने अवसर जुट्नेछ । नीलो रंगको प्रयोग शुभ रहनेछ भने विदेशी पाहुनाहरूसँगको भेटघाट महत्वपूर्ण सावित हुनेछ ।

    कुम्भ

    अध्ययनको क्षेत्रमा पर्याप्त समय दिन नसकिएला । सरोकार नभएका विषयमा चासो राख्दा दुःख पाइनेछ । आइतबारदेखि कतिपय बाधा स्वतः हट्नेछन् भने प्रशंसनीय काम गरेर हितैषीहरूको मन जित्न सकिनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिनेछ। गल्ती सच्याउने स्वभावका कारण बिग्रन लागेका कामसमेत फत्ते हुनेछन्।

    मीन

    अनुशासन एवं मर्यादा पालनले आफुलाई थप उचाइमा पुर्याउन सहयोग गर्नेछ । विदेश भ्रमणका लागि गरिएको प्रयत्न सफल हुनेछ । प्रेमको गाँठो कसिने सम्भावना छ। बोलीको प्रभावले धेरैलाई प्रभावित तुल्याउन सकिनेछ भने सरोकार नभएका विषयमा चासो राख्दा प्रियजन चिढिनेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij