प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५
काठमाडौं । चर्चित प्रेम जोडी प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीको नयाँ म्युजिक भिडियो ट्रेनिङ नम्बर २ मा पुगेको छ। युट्युबमा रिलिज भएको ४८ घण्टा नबित्दै उक्त भिडियो ट्रेनिङमा पुगेको हो।
उक्त गीतको भिडियोलाई शनिबार मध्यान्ह ११ बजेसम्म ५ लाख ३२ हजार ४ सय ८६ पटक हेरिएको छ। गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ बोलको गीतमा प्रेम जोडी नायिका प्रियंका कार्की र आयुश्मान देशराजले अभिनय गरेका छन्।
दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस् :
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij