मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुईओटा स्कुटी जुधेका बेला जिपको ठक्कर, दुईजनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०७५



  • राँझा, चैत १६ । बाँकेको कोहलपुर नगरपालिका–३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

    दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।

    उनकाअनुसार मृतक दुवै स्कुटीचालक हुन् ।

    शुक्रबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मदनचोकनजिकै चौधरी र शाहीले चलाएको भे५प १४२० र भे८प २१६५ नम्बरका स्कुटी एकापसमा जुधेका बेला तीव्रगतिमा आएको बा१५च २०९६ नम्बरको स्कारपियोले दुवैजनालाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

    जिपचालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij