आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शुभ-अशुभ कस्तो तपाईको भाग्य ? हेर्नुहोस् आजको राशिफल

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • आज मिति २०७५ साल चैत १७ गते । तदनुसार सन् २०१९ मार्च ३१ तारिख । शकसंवत् १९४० । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चिल्लागा । चैत्र कृष्णपक्ष एकादशी तिथी आईतबार ।

    मेष

    दिन सामान्यतया अनुकुल नै देखिन्छ । समस्याको पहिचान गरेर मात्र समाधानमा लाग्न सके उपलब्धि राम्रै हात पारिनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । गीत संगितमा अभिरुची बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

    वृष

    दिन मध्यम खालको देखिन्छ । काममा सहजीकरण अझै हुनेछैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट लगनशिल अनुसारको प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि हुनेछ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् । धार्मिक काममा सहभागिता हुनेछ ।

    मिथुन

    हेलचक्र्याईले उपलब्धिको संरक्षण गर्न सकिने छैन । आफन्त सँगको विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । काममा ढिला सुस्ति गर्दा अवसर फुत्किनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ।

    कर्कट

    लगनशिल भई काम गर्नु भएको खण्डमा उपलब्धि राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

    सिंह

    कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर परेर कुनै पनि काम नगर्नुहोला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता व्यवसायबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला । नयाँ सम्भावनाहरु देखिने छन् ।

    कन्या

    समयमा अझै सुधार आउने देखिन्न । काममा अन्योलता अझै कायम रहनेछ । इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ सचेत रहनु होला । राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्र्न स्वास्थ्यले पनि कम साथ दिनेछ ।

    तुला

    सामान्यतया दिन प्रतिकुल देखिन्छ । साना साना कुराले पिरोल्नेछ । सहज रुपमा काम हुने छैनन । अनावस्यक व्यस्तता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मनमा शान्ति मिल्ने छैन ।

    वृश्चिक

    समयले साथ दिनेछ । सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

    धनु

    दयाँ मायाँ गर्ने कमै हुनेछन् । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई नियन्त्रण गर्दा राम्रो हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

    मकर

    दिन सामान्यतया अनुकुल नै देखिन्छ । घर परिवारमा सुख शान्ति छाउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा राम्रै हुनेछ । लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । निमन्त्रणा आउनेछ ।

    कुम्भ

    समयले साथ कम दिनेछ । सहज रुपमा काम हुने छैनन् । आशा र भरोसा टुट्नेछ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ । सुरक्षित यात्रा गर्नु होला ।

    मिन

    ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अस्थिरता त्याग्नु होला । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij