प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५
काठमाडौँ। यदि कसैले यौनबारे सबै कुरा थाहा छ भन्ने सोच्छ भने ऊ गलत हुन सक्छ । विशेषतः नेपालजस्तो अल्पविकसित मुलुकमा यौनसम्बन्धी चर्चापरिचर्चा कम हुने गरेकाले मानिसहरुका कतिपय बुझाइ अपुरो अधुरो नै रही मानिसले विभिन्न गलत धारणा लिइरहेका हुन सक्छन् । प्रविधिको यस युगमा हामीले चाहेका हरेक प्रश्नको उत्तर इन्टरनेटमा त पाउन सक्छौं । तर, त्यसमा दिइएका तथ्यांक, जानकारी पनि सही नै हुन्छन् भन्ने छैन । यसले जिज्ञासा समाधान नगरी गलत धारणालाई झन् सबल बनाउन सक्छ । धेरै मानिसको दिमागमा यौनसम्बन्धी विभिन्न किसिमका गलत धारणा हुन सक्छन् । केही गलत धारणा र त्यससम्बन्धी सत्य तथ्य यसप्रकार छन् ।
रजस्वलापछि यौनको चाहनामा कमी आउँछ
रजस्वलापछि धेरै महिलाहरू यौन र हार्मोनल सन्तुलनमा रुचि राख्दछन् । रजस्वला भएको अवस्थामा पुरुषलाई छुन नहुने भन्ने धारणा समाजमा बिस्तारै घट्दै गएको छ । अहिले महिलाहरु पुरातन सोचाईभन्दा सुरक्षित यौन सम्बन्ध चाहन्छन् । हाल महिलाहरु यति सचेत र विश्वस्त छन् कि उनीहरूलाई आफ्नो चाहनाको बारेमा राम्ररी थाहा छ ।
कामेच्छाको लागि महत्त्वपूर्ण हार्मोन टेस्टोस्टेरोन
यद्यपि टेस्टोस्टेरोन महिला र पुरुष दुवै लिबिया र लिबडो अर्थात् कामेच्छाको लागि महत्त्वपूर्ण छ । तथापि, यो हार्मोनमात्र कामेच्छाको लागि महत्त्व्पूर्ण नभई अन्य केही हार्मोन पनि यौनका लागि आवश्यक हुन्छन् । एस्ट्रोजेन महिला र पुरुष दुवैमा कामेच्छा जगाउने एक प्रमुख हार्मोन हो । साथै, यदि शरीरमा कोर्टिसोलको मात्रा बढी भएमा कामेच्छा कम हुने सम्भावना रहन्छ ।
साँचो प्रेम भएमा यौनको भावना आफै आउँछ
कुनै सम्बन्ध स्थायी र प्रगाढ बनाउन धेरै समय र ऊर्जाको आवश्यकता पर्छ । त्यसैले साँचो प्रेम छ भन्दैमा यदि आफ्नो सङ्गी अथवा सङ्गिनीलाई समय नदिने, उसको भावनाको ख्याल नराख्ने हो भने यसले यौन जीवनमा समस्या ल्याउन सक्छ । त्यसैले आफ्नो आफ्नो सङ्गीका भावनाको ख्याल गर्नु जरुरी छ । उसलाई पर्याप्त समय दिनु आवश्यक छ । यसले सम्बन्ध प्रगाढ र सुमधुर बनाई लिबिडो अथवा कामेच्छा पनि बढाउँछ ।
पुरुषमा भन्दा महिलामा यौनको भावना कम हुन्छ
लिबिडो अर्थात् कामेच्छा पुरुषमा भन्दा महिलामा कम हुन्छ भन्ने धेरैको धारणा हुन सक्छ । पुरुषहरु सहज ढंगले आफ्नो इच्छा प्रकट गर्छन् भने महिलाहरु नाइनास्ती गर्ने हुनाले उनीहरुमा कामेच्छा कम हुने धेरैको गलत बुझाइ हुन सक्छ । तर सन् २०१७ मा गरिएको एक अध्ययनमा महिलामा पुरुषमा भन्दा महिलामा कामेच्छा बढी हुने पाइएको छ । अध्ययनअनुसार ६० प्रतिशत महिलामा आफ्नो सङ्गीको तुलनामा बढी कामेच्छा भएको पाइयो । यद्यपि, उनीहरुले आफ्नो कामेच्छा व्यक्त गर्न लजाउने र सङ्कोच मान्ने गरेको बताएका छन् ।
मुखमैथुनले कुमारित्व गुम्छ
मौखिक यौन अथवा मुखमैथुन भएको अवस्थामा पनि कुमारित्व गुम्छ भन्ने भ्रम कतिपयको हुन सक्छ । तर, कुमारीत्व केवल शारीरिक सम्पर्क भएमा मात्र गुम्छ । मुखमैथुनले मानसिक रुपमा कुमारीत्व गुम्न सक्छ शारीरिक रुपमा होइन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij