मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली गैंडा हेर्न झुम्मिन थाले चिनियाँ

  • प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५



  • बेइजिङ : चीनलाई उपहार स्वरुप उपलब्ध गराइएका गैंडा चिनियाँ सर्वसाधारणले हेर्न थालेका छन्। चिनियाँ सर्वसाधारणले गैंडालाई चासोको साथ हेर्न थालेका छन्। सर्वसाधारण र विदेशी पर्यटक समेत पुग्ने उक्त चिडियाखानामा गत साता सर्वसाधारणलाई खुला गरिएको हो।

    नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान जंगलमा हेर्न जान पाए कस्तो हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन्। यस्ता कार्यले चिनियाँ पर्यटक नेपालमा तान्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

    गत चैत्र ९ मा नेपालले चीनलाई उपहार स्वरूप दिएको एकसिंगे दुई गैंडा पहिलो पटक सर्वसाधारणका लागि साङहाई वन्यजन्तु चिडियाखानामा सार्वजनिक गरिएको हो।

    चिनियाँले विश्वकै दुलर्भ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा उत्साही भएका छन्। सोल्टी र मितिनी नामका एक जोडी गैंडा नेपालले चीनलाई उपहार स्वरूप गत वर्ष प्रदान गरेको थियो।

    गत सेप्टम्बरमा गैंडा प्राप्त भएपछि उक्त चिडियाखानाले एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो। जहाँ चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका उप–निर्देशक ली छुनलियाङ, साङहाई नगरपालिका प्रतिनिधिको उपस्थिति थियो।

    सोही अवसरमा एक सिंगे गैंडा संरक्षणका लागि नेपाल र चीनबीच सहयोग अनुसन्धान सम्बन्धी संस्था ‘नेपाल–चाइना रिसर्च को अपरेसन अन राइनो प्रोटेक्सन’को पनि आरम्भ गरिएको थियो।

    एकसिंगे गैंडा नेपालसहित दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियामा पाइन्छन्। तर यिनीहरूको संख्या घट्दै गएर हाल २ हजारको हाराहारीमा पुगेको छ।

    नेपालको चितवन राष्ट्रिय निकुञ्जमा छ सयको हाराहारीमा गैंडाहरू रहेको नेपाल सरकारले जनाउँदै आएको छ। सिन्ह्वाका अनुसार दुई गैंडाको वजन १ हजार किलो ग्राम भन्दा बढी पुगेको छ। चीनले निकै संरक्षण गरेर राखेको छ। यसबाट अन्य गैडा उत्पादनमा समेत चीन लाग्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij