मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • सुर्खेत। भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ। पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो। कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ। त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ।

    हुम्ला जिल्लाको बेँसीमा दुई फिट र उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी, मुचु, चाला, हिल्सा, यारीमा करीब पाँच फिट हिमवर्षा भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिए। १५औँ पटक हिमपात हुँदा जनजीवन निकै कष्टकर भए पनि मानवीय तथा पशुचौपाया कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए।

    डोल्पा, मुगु तथा जुम्लीवासी नागरिकको अवस्था पनि निकै कष्टकर भएको पाइएको छ। हिमपातले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको हवाई उडान तथा सडक यातायात ठप्प भएका छन्। सरकारी कार्यालय, विद्यालय, उद्योग कलकारखाना तथा गैरसरकारी निकाय बन्द छन्।

    हिमवर्षाले यहाँका नागरिकको दैनिक कामकाज ठप्प भएको बताउँदै बेँसीमा दुई फिट र लेकमा चार फिट हिमपात भएको जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए। “हवाई यातायात सञ्चालन गर्न नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितको टोलीले विमानस्थलको हिउँ सफा गर्दैछौँ”, उनले भने।

    हिउँको मारमा बालबालिका, बिरामी, वृद्ध र विपन्न नागरिक परेको पत्रकार नेत्रबहादुर शाहीले जानकारी दिए। पत्रकार शाहीका अनुसार यो एक दशकमा सबैभन्दा ठूलो हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले अत्यधिक हिमपातका कारण तातोपानी गाउँपालिकामा एकजना कठ्याङ्ग्रिएको र उनको उपचार भइरहेको बताए।

    उनका अनुसार डोल्पामा हिउँमा परी पातारासी गाउँपालिकाका एकको मृत्यु भएको छ । पहाडी जिल्लाका माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परेको थियो। त्यस्तै, भारी हिमवर्षा र हुरीबतासका कारण चार वर्षसम्म निर्वाध बलेको जुम्ला चन्दननाथ मन्दिरको दियो निभेको छ। अब दैलेखको ज्वाला क्षेत्र श्रीस्थानबाट दियो लिएर आउने चन्दननाथ भैरवनाथ गुठी समिति जुम्लाले बताएको छ।

    मङ्गलबारदेखिको अविरल हिमवर्षाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको हवाई उडान बन्द भएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्। हिउँले हिउँदेबालीमा केही असर पुगे पनि वर्षेबाली राम्रो हुने किसानहरुले अपेक्षा गरेका छन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij