आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंका सडकबाट ५८ जना सडक बालबालिका उद्धार

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • काठमाडौं । राजधानीका सडकमा अत्याधिक संख्यामा अभिभावक बिहीन बालबालिकाहरु भेटिन्छन् ।

    सानै उमेरका बालबालिकाहरु कोही आमाबुबा नभएका त कोही हराएका वा परिवारमा बस्न नचाहेर निश्किेका समेत भेटिने गरेको प्रहरीले जानकारी दिएको छ ।

    ति सडक बालबालिकाहरु दिउँसो र रातीको समयमा समेत सडकमा नै बस्ने, सडकमा फालिएको फोहोर खानेकुरा खाने, डेन्ड्राइड सुघ्ने, होहल्ला तथा झैझगडा गर्ने, चोरी र लुटपाटका गतिविधिमा संलग्न हुने गरेको पाइएको छ ।

    सडकमा यस्तो अबस्थामा भेटिने बालबालिकाहरु देख्दा समेत मानवियताका हिसाबले पनि सडकमा त्यसरी नै राखिरहन सकिँदैन ।
    सडकमा निकै दुखद अबस्थामा रहेका बालबालिकाहरु लाई सडकबाट उद्धार गरेर अरु सामान्य मानिस सरह जीवन जिउने आधार निमार्णका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक  बालबालिकालाई पनि समेटेको छ । गत सोमबारसम्म प्रहरीले काठमाडौंका विभिन्न सडकहरुबाट ५८ जना बालबालिकाहरु उद्धार गरेको छ ।
    दैनिक रुपमा सडक बालबालिका उद्धार कार्य गर्दै आएको प्रहरीले अब साप्ताहिक रुपमा यो कार्यक्रम गर्ने प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    परिसरका प्रहरी नायव उपरीक्षक डिएसपी राजेन्द्र पोख्रेल भन्छन्, ‘हामीले उद्धार गरेका बालबालिकालाई बाल सुधार गृह (सोभर रिकभर सेन्टर) जोरपाटीमा राखेका छौँ ।’

    हप्तामा एक दिन सडक बालबालिकाहरु उद्धारमा खटिँदा ३० देखि ३५ जनासम्म बेवारिसे सडक बालबालिकाहरु भेटिने डिएसपी पोख्रेलले जानकारी दिए ।

    सडकबालबालिका उद्धारमा सहयोगको खाँचो 
    प्रहरीले सडकमा भएका बालबालिकाहरु त सजिलै उद्धार गरेको छ तर सडकबाट उद्धार गरिएका बालबालिकाहरुलाई कहाँ राख्ने भन्ने समस्या आउँछ ।
    डिएसपी पोख्रेल भन्छन्, ‘हामीले उद्धार त सहजै गर्न सक्छौँ । उद्धार गरिएका बालबालिकाहरुलाई पालनपोषण, हेरचाह, शिक्षादिक्षा लगायतका कुरामा सबै सम्बन्धीत पक्षमार्फत सहयोगको निकै खाँचो पर्दछ ।’
    सडक बालबालिका उद्धार प्रहरीले गरेपछि प्रहरी सँगसँगै बालबालिकाहरुको पालनपोषण र शिक्षादिक्षाका लागि समुदाय, दातृनिकाय, गैह्रसरकारी संस्था लगायत सम्बन्धीत पक्षको साझेदारी सहयोगको खाँचो खड्कीएको प्रहरीले जानकारी दिएको छ ।

    सडक बालबालिकामा डेन्ड्राइड सुघ्ने लत
    काठमाडौंका विभिन्न सडकमा भेटिएका अधिकांश बालबालिकाहरुमा लागू पदार्थ (डेन्ड्राइड) सुघ्ने लत भेटिएको छ ।
    भोक लागेको समयमा खाना खान नपाउने, जाडो समयमा खुल्ला आकाशमुनी कठ्याङ्ग्रिदाँ पीडा हुने, एक्लो महशुस हुने हुँदा डेन्ड्राइड सुघेँर लट्ठ पर्ने समस्या सडक बालबालिकाहरुमा बढ्दै गएको प्रहरीले जानकारी दिएको छ ।
    डेन्ड्राइड लगायत लागू औषध दूव्र्र्यसनीले बालबालिकाहरु सडकमा झैझगडा गर्ने, चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।

    सडकबाट उद्धार गरिएका बालबालिकाहरुलाई मनोसमाजिक परामर्श दिने, रोग लागेको भए उपचार गराउने र घर ठेगाना पत्ता लागेमा परिवारसँग पूनर्मिलन समेत गराउने प्रहरीले जनाएको छ ।
    सडक बालबालिका उद्धार कार्यक्रमबाट सामान्य लुटपाट, चोरी, झैझगडा लगायत अपराधिक गतिविधि न्यूनिकरणमा मद्धत पुग्ने विश्वास प्रहरीले लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij