आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हात्तीपाईले विरुद्ध घरघरमै गई औषधि खुवाईदै

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १७, २०७५



  • तिर्थराज ज्ञवाली, १७ फागुन, मसुरीया (देउखुरी दाङ) । राप्तीमा हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधि शुक्रवार देखी घरघरमै स्वास्थ्य कर्मी गई खुवाउन सुरु गरिएको छ । शुक्रवार गाउँपालिकाको कार्यालयमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधि खाई कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

    राप्ती गाउँपालिकास्वास्थ्य शाखा संयोजक नारायण राउत तथा सह संयोजक नवराज न्यौपानेले अध्यक्ष सुबेदिलाई औषधि खुवाई कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

    शुक्रवार राप्ती गाउँपालिकाको कार्यालयमा समेत स्वास्थ्य कर्मीसहितको टोलीबाट राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले समेत हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधि खानुभएको छ ।

    उक्क्त हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधिखोने क्रममा कार्यालयका अन्य कर्मचारी तथा सेवाग्राहिलाई समेत औषधि खुवाईएको राप्ती गाउँ पालिकास्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।

    शुक्रवारदेखी विद्यालय, संघसंस्था तथा घरघरै स्वास्थ्य कर्मी गएर औषधि खुवाइृने समेत राप्ती गाउँपालिकास्वास्थ्य शाखा सह संयोजक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

    हात्तीपाईले (फाईलेरिया) रोग फैलनुवाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउने उदेश्यले राप्ती गाउँपालिका स्वास्थ्य शाखाले राष्ट्रिय अभियान अन्तरगत राप्ती क्षेत्रमा हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधि खाने अभियानलाइ वडा वडामा सचेतना कार्यक्रम सञ्चालन त्रिब्ररुपमा अघि बढाएको थियो ।

    हात्तीपाइले (फाईलेरिया) रोग औषधी खुवाउने काम राप्ती गाउँपालिकामा, पहिला दिन टोलको पाएक पर्ने स्थानमा औषधि खुवाउने, दोश्रो तथा तेश्रो दिन प्रत्येक घर दैलोमा नै स्वास्थ्यकर्मीहरु भ्रमण गरि औषधि खान योग्य सबैलाई खुवाउने, आफ्नै अगाडी प्रत्यक्ष निगरानीमा मात्र औषधी खुवाउने काम गरिने, औषधि खुवाउने काम स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु, सम्भव भए सम्म स्थानीय रुपमा रहेका स्वास्थ्य बिषय अध्ययन गरेका आदि ब्यक्तिहरुबाट स्वास्थ्य स्वयंसेवकहरु छनौट गरिने, स्वयंसेवकहरुलाई एक-एक दिनको तालिम पश्चात औषधि खुवाउने कार्यमा खटाईने आम औषधी सेवन अभियान मिति २०७५ फाल्गुन १५ गते हरेक बुथमा र १६ गते देखि स्वास्थ्य कर्मिहरुबाट घरभेट गरी खुवाईने राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भएको छ ।

    राप्ती गाउँपालिका स्वास्थ्य शाखाले राष्ट्रिय अभियान अन्तरगत  (फाईलेरिया) रोगका विरामीहरुलाई दिर्घरोग, असक्त र कुरुपता हुनवाट बचाउनु,एकिकृत भेक्टर व्यवस्थापन यो रोगको निवारण गर्ने अतिरिक्त रणनिति रहेको छ ।
    नेपालको परिपेक्षमा हात्तीपाईले (फाईलेरिया) करिव चार हजार बर्ष पुरानो रोग,एक प्रमुख जनस्वास्थ्य समस्या,७५ जिल्लाहरू मध्ये प्रत्येक बर्ष ९० प्रतिसत भन्दा बढी रोगीको संख्या रहेको  जिल्लाहरूमा यो रोगका विरामीहरू उपचारका लागि आउने गरेको, नेपालको ६१ जिल्लाहरू यो रोगबाट प्रभावितरहेको, हिमाली १३ जिल्लाहरु र गुल्मीमा रोग नदेखिएको, भौगोलिक दृष्टिकोणले लामखुट्टे पाइने सबै जसो ठाउमा पाईएको हुन सक्ने, २ बर्ष माथिका १३ प्रतिशत प्रभाबित रहेका अवस्था देखीएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भएको छ ।
    नेपालमा हात्तीपाईले (फाईलेरिया) का कारण हाईड्रोसिल भएका पुरुषको संख्या  १ लाख, हात,खुट्टा सुन्नीएको महिला पुरुषको संख्या  २० हजार, । स्तन सुन्निएको  महिलाको संख्या १ हजार ,महिलाको यौनाङ्ग सुन्निएको १ हजार रहेका छन्, सबैभन्दा धेरै प्रभाबित जिल्ला बर्दियामा यस रोग बाट प्रभावीत नागरिक ४० प्रतिशत र रोगीहरूको सङ्ख्या तराईको इलाकाहरूमा अपेक्षाकृत बढी देखिएको अन्तरक्रिया कार्यक्रममा संयोजक नारायण राउतले बताउनु भएको छ ।
    कार्यक्रममा यस रोगको बारेमा विश्वमा ६ करोड मानिसहरूलाई यो रोग लागेको अथवा यिनीहरूको रगतमा  यो रोगको परजिवी रहेको पाइएको, यी मध्ये छिमेकी मुलुक भारतमा मात्रै तीन खण्डको दुई खण्ड भन्दा बढी मानिसहरू बस्ने गरेका तथा रोग लागेका विरामीहरू पाइएको, क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोके पछि यो  रोग लाग्ने, हात्तीपाइले (फाईलेरिया) रोग कुष्ठरोग जस्तै मानिसलाई नराम्रो गरि शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग तुल्याउने सरुवा रोग रहेको, परजिवीहरू शरीरमा प्रवेश गरेपछि यो रोग लाग्ने, नेपालमा हात्तीपाइले (फाईलेरिया) रोग उचेरेरिया बँक्राफटीद्वारा मात्र लाग्ने गरेको पाइएको सहभागी नागरिकहरुलाई जानकारी दिईएको छ ।
    नेपालमा हात्तीपाइले (फाईलेरिया) रोग लागेमा जाडो लागि ज्वरो आउने र शरीरमा कम्पन हुने, लिम्फ नलीहरू सुन्निने, रातो भई दुख्ने, हात गोडामा नीलाकाला धर्साहरू देखिने, गीर्खाहरू आउने दुख्ने,पुरुषमा अण्डकोष वरपरका नसाहरू फुल्ने÷दुख्ने,अण्डकोष ठूलो हुने, दुख्ने गिर्खाहरू भेटिनु, पछि हाइड्रोसिल अर्थात अण्डकोष वरीपरी पानी भरेर ठूलो आकार हुने, यौनाङ्ग अथवा स्तन सुन्निने-दुख्ने, खुट्टा सुनिएर हात्तीपाइले(फाईलेरिया) हुने, हात सुन्निने, पिसाबमा दुध दही जस्तो बाक्लो सेतो लेदो आउने, लामो समयसम्म सुख्खा खोकी लागिरहने, दम बढ्ने, रगतमा इस्नोफिलिया देखिने, रगत ज‘ाँच्दा भने रगतमा यस रोगको परजिवी (माइक्रोफाइलेरीया) पाइन्छन् ।
    शरिर भित्रका अंगहरु जस्तै मृगौला विस्तारै खराब हुंदै जाने हुदा हात्तीपाइले(फाईलेरिया) रोग लाग्नबाट बच्न र बचाउन समयमा नै यस रोग बिरुद्धको औषधी चक्की सेवन गरी आफू सुरक्षित हुनु बुद्धिमानी हुने,बाहिरी लक्षण देखिए पछि सो को कुनै उपचार उपलब्ध नहुने राप्ती गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक नमराज न्यौपानेले बताउनु भएको छ ।
    राप्ती गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक नमराज न्यौपानेका अनुसार हात्तीपाईले रोग लागे नलागेको बारेमा परिक्षण रोगका चिन्ह तथा लक्षणको आधारमा, रातीको समयमा लिएको रगत जाँच गरी परजिवी माईक्रोफाईलेरिया फेलापारेर, हाईड्रोसिल वाट निकालेको झोल पदार्थ या पिसाव जाँच गरी परजिवी पत्ता लगाएर, रगत वा सेरोलोजीकल परिक्षण गरेर मात्र थाहा पाउन सकिन्छ ।
    औषधि खाने उमेर २ वर्ष देखि ५ वर्ष उमेर समुहका वालवालिकाहरु, ६ वर्ष देखि १४ वर्ष उमेर समुहका व्यक्तिहरु , १५ वर्ष माथि उमेर समुहका व्यक्तिहरुले औषधि खानु पर्ने र दुईवर्ष नपुगेका केटाकेटी, गर्भवती र सातदिन सम्मका सुत्केरी ,सिकिस्त विरामीहरु जस्तैः दैनिक क्रियाकलाप गर्न सक्दैनन् ओछ्यानमा परेको,कुनै कडा रोगलागी औषधी सेवन गरिराखेको जस्तैः क्यान्सर , मुटुरोगी , कलेजो रोगी , मृगौला रोगी , फोक्सोको दिर्घरोगी , मृगी ,२४ घण्टा भित्र ज्वरो आएको , कडा कुपोषण भएका ५ वर्ष मुनिका वालवालिकाहरु औषधी सेवन गर्न दिन नहुने, ७० वर्ष भन्दा माथिका बृद्ध वृद्धाहरुलाई स्वास्थ्य जाँच गरेर माथि उल्लेखीत दिर्घ रोग नलागेको यकिन गरेर मात्र औषधी खुवाउनु पर्ने राप्ती गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक नमराज न्यौपानले बताउनु भएको छ ।
    औषधि सेवनवाट हुने सामान्य (अवान्छीत) केहि असरहरु देखीएपनि नडराउनु पर्ने बताईएको छ । ज्वरो आउने,टाउको दुख्ने,रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता  हुन पेट दुख्ने, जस्ता सामान्य असरहरु देखिन सक्दछन । यस्तो अवस्था भएमा औषधि खाने व्यक्तिहरुले आफूमा हात्तिपाईले रोगको  परजिवी भएको भन्ने वुझ्नुपर्दछ  तर यस्तो भएमा विना उपचार यस्ता असरहरु १–२ दिनमा आफै ठिक भएर जाने बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij