मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, महिला हिंसा अन्त्य गर्न पुरुषको भूमिका आवश्यक

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५



  • शिबराज पन्थी
    १८ फागुन, गढवा । गढवा–७ घोराहाकी शिवा चौधरीले भाषण गर्ने भनेर मंचमा पुगी माइक्रोफन समाउनु भयो । हातखुट्टा लगलगती कमाएर डर लाग्यो भन्दै भाषण गर्न थाल्नुभयो । महिला हिंसाको अन्त्य गर्ने बिषयमा भाषण गर्ने प्रतियोगितामा जिन्दगीमा पहिलो पटक भाग लिएको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै महिलाको हिंसा महिलाबाटै हुने गरेको भन्दै अब आ–आफ्ना श्रीमतिहरुलाई घरबाटै पुरुषहरुले सचेतना दिनुपर्ने बताउनु भयो । त्यस्तै गढवा ६ हाँसीपुरकी शान्ता आचार्य जिसीले पनि पहिलो पटक भाषण गर्ने कार्यक्रममा भाग लिएको बताउदै पुरुषहरुबाटै महिलाहरु हिंसामा पर्नै भएकोले पितृसत्तात्मक चिन्तन, सोंच र मनोबृत्ति त्याग्न महिला पुरुष सबै लाग्नुपर्ने बताउनु भयो ।

    उहाँहरु जस्तै गढवा ५ की भुवनेश्वरी चौधरी, दर्गा आमा समूहकी रोशना चौधरी, गढवा–५ की चमेली चौधरी, गढवा ५ तकियापुरकी द्रुपदि चौधरी र गढवा ७ मानपुरकी मायादेवी चौधरी पनि महिला हिंसा अन्त्य गर्न पुरुषको भूमिका बिषयक बकृत्वकला प्रतियोगितामा भागलिन जिवनमा पहिलो पटक माइक समाएर मंचमा जानु भयो ।

    झण्डै एकहजार बढी महिलाहरुको उपस्थिती भएको कार्यक्रममा पहिलो पल्ट मञ्चमा पुगी भाषण गर्ने २५ वटा आमा समूहका २३ जना महिलाहरु र तिनजना पुरुषहरु सबैले महिला र पुरुष एउटा गाडीका पाङ्ग्रा भएको भन्दै महिला हिंसा अन्त्य गर्न पुरुषहरुको अहं भूमिका हुनुपर्ने बताए । महिलाहरुले पनि आफ्ना पुरुषहरुलाई खाना खाएको थाल माझ्न लगाउने, आफ्ना लुगा आफै धुन लगाउने र परपुरुष कसैको पनि डर, क्रास र लोभ लालचमा नपर्ने र महिलाहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा अगाडी बढाउन पे्ररीत गरेमा महिला हिंसा स्वतः न्यूनिकरण हुने कुरामा सबैले जोड दिए ।

    सन्दर्भ हो आउदै गरेको अन्र्तराष्ट्रिय नारी दिवसको पुर्व सन्धयामा शनिवार क्रेयटिभ पोसिविलीटीज (सिपी) नेपालले देउखुरीको गंगापरस्पुरमा आयोजना गरेको महिला हिंसा न्यूनिकरण गर्न पुरुषको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगिताको ।

     

    कार्यक्रममा उपस्थित झण्डै एकहजार बढी महिलाहरुको विचमा कहिल्यै पनि मंचमै नबोलेका महिलाहरुले धक मानीमानी भएपनि निकै महत्वपुर्ण बिषयहरु उठान गरिरहँदा मंचमा बसेका अतिथिहरु दंग परिरहेका थिए ।

    छब्विस जना प्रतियोगीहरुले बोलिसकेपछि कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष बालचन्द्र ठकुरी हमाल, वडा नं. ४ का वडाअध्यक्ष गुलाम मोहम्मद, महिला सदस्य तथा न्यायिक समितिका सदस्य कमला नेपाली, गाउपालिकाका महिला तथा वालवालीका शाखाका संयोजक जिवन कुमारी जिसी, गढवा उद्योग बाणिज्य संघका प्रतिनिधी खुमानन्द पोखे्रल र बिसीडीका रामलक्ष्मण शाह लगायतले महिलाहरुले निकै महत्वपुर्ण बिषयहरु उठान गरेको यस प्रकारको कार्यक्रम गढवामै पहिलो भएको भन्दै महिला हिंसा न्यूनिकरण गर्न पुरुषहरुको महत्वपुर्ण साथ र सहयोगको आवश्यकता औल्याउनु भएको थियो ।

    प्रतियोगितामा साहारा आमा समुह प्रनाहाका वविता चौधरी र सगरमाथा आमा समुहका शान्ता आचार्य जिसीले प्रथम स्थान हाँसील गर्नुभएको थियो भने मखमली आमा समुह घोराहाकी शिवा चौधरी र गंगाराम चौधरीले द्धितिय स्थान, परिवर्तन आमा समूह लोखरपुरकी कलिला चौधरी र मिलन आमा समूह सेम्रीकी सुमित्रा चौधरीले तृतिय स्थान हाँसिल गर्नुभएको थियो ।

    यसैगरि प्रगति आमा समुह धर्मपुरका फूलमति चौधरी र सगरमाथा आमा समूह कटियानगाउँका सिता चौधरीले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । प्रतियोगिताको निर्णयकहरुमा शिक्षकहरु मञ्जु पौडेल, प्रतिमा केके र स्वामीदयाल यादव रहनु भएको थियो । कार्यक्रमको सहजिकरण सिपि नेपालका महिला कार्यक्रम संयोजक सरिता चौधरीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij