मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पशुपतिमा महाशिवरात्रिको तयारी भव्य, यस्तो छ दर्शनार्थीहरुका लागि दर्शन मार्ग

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५



  • काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले भव्य तयारी गरेको छ ।

    शिवरात्रिका अवसरमा नेपालबाट मात्र नभएर विश्वका हिन्दु धर्मावलम्बीहरु दर्शन गर्न निकै ठूलो संख्यामा आउने हुँदा पशुपति क्षेत्र विकास कोषले सोही अनुसारको तयारी गरेको हो ।

    आइतबार देखि नै श्री पशुपतिनाथको पश्चिम ढोका नजिक शिव र शक्तिहरुसँग सम्बन्धीत झाँकीहरु समेत प्रदर्शन गरिएको छ । हंशमण्डप वनकालीमा भातरत नाट्यसँग सम्बन्धीत कलाकारहरु र नेपालका प्रशिद्ध कलाकारहरुमार्फत भक्तिसंगीत सहितको प्रस्तुती भइरहकेको छ ।

    सोमबार शिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषसँगै सुरक्षा निकाय, विभिन्न धार्मिक सामाजिक संस्थाहरु, सेवा प्रदायक सरकारी एंव गैह्र सरकारी निकायहरु, र स्वतस्फूर्त रुपमा सेवामा खटिने स्वयंमसेवकहरुले दर्शनार्थीहरुको भीडलाई व्यवस्थापन गरी सहज र छिटो छरितो रुपमा दर्शन गर्न पाउने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

     


    पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषदका सदस्य घनश्याम उपाध्याय कोइरालाले यस वर्षको शिवरात्रिमा गत वर्षको तुलनामा फरक तरिकाबाट व्यबस्थापन गरिएको जानकारी दिए ।

    उनले भने ‘हामीले यो वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तहरुको वस्ने, खाने व्यबस्था देखि लिएर भक्तजनहरुका लागि पशुपतिनाथको दर्शन गर्न सहज वातावरण वनाउने पहल गरेका छौँ ।’

    कोषले भक्तजनहरुको सहजताका लागि विभिन्न ८ वटा उपसमितिहरु गठन गरेको जनाएको छ । जसअन्तर्गत सुरक्षा, दर्शन व्यवस्था उपसमिति, आवास, भोजन तथा भौतिक पूर्वधार व्यवस्था उपसिमिति, लाइटिङ तथा साजसजावट उपसमिति, साधुसन्त उपसमिति चन्दन, मन्दिर प्राङ्गण उपसमिति प्रचारप्रसार व्यबस्था उपसमिति लगायत उपसमितिहरु रहेका छन् ।

    शिवरात्रिका लागि ६० लाख खर्च
    पशुपति क्षेत्र विकासकोषले महाशिवरात्रिको तयारीका लागि ६० लाख लागत छुट्याएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवति रमण अधिकारीले जानकारी दिए । साधुसन्त तथा विभिन्न दर्शनार्थीहरुका लागि सेवासुविधा देखि लिएर व्यबस्थापकिय पक्षका लागि कोषले सो रकम छुट्याएको कोषले जनाएको छ ।

    जसमा कोषले वातावरण सरसफाइ, सुरक्षा व्यबस्था, स्वास्थ्य सिविर, प्रचारप्रसार, आगन्तुक साधुसन्तहरुका लागि आवास तथा भोजन लगायतका क्षेत्रका रकम छुट्याएको जनाएको हो ।

    अघिल्लो वर्षको हाराहारिमा यस वर्षपनि शिवरात्रिका लागि कोषले ६० लाख रकम छुट्याएको जनाएको छ ।

    ६ हजार बढी साधुसन्तका लागि यस्तो छ व्यबस्था  

    अन्य वर्षहरुको तुलनामा भारत, मलेशिया, मौरिसस, बर्मा लगायत विभिन्न देशबाट हिन्दु धर्मालम्बीहरुको निकै बाक्लो उपश्थिति रहने कोषले जनाएको छ । यसवर्ष आइतवारसम्म लगभग ४ हजार साधुसन्तको उपश्थिति रहेकाले सोमबार अर्थात शिवरात्रिसम्म पशुपति क्षेत्रमा ६ हजारसम्म साधुसन्तको उपश्थिति रहन सक्ने कोषले जनाएको छ ।

    साधुसन्तका लागि आवश्यक निःशुल्क भोजन, चिया, पानी, र बसोवास समेतको व्यबस्था गरेको छ । चिसोको मौसम भएका कारणले चिसोबाट बच्न साधुसन्तहरुलाई धुनीको व्यबस्था गरिएको कोषले जनाएको छ । साधुसन्तका लागि महाशिवरात्रिको पर्सिपल्ट अर्थात एकादशीका दिन बाटो खर्चसहित विदाईको व्यबस्था गरिएको छ ।

    दर्शन मार्ग

    मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १÷१ वटा लाइन, जयवागेश्वरी ईटापाखा भएर भुवनेश्वरी फलामको सानोढोकाबाट पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिंगलास्थान सुमार्गी भवन अगाडी ४ शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट १÷१ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहने छन् । तीलगंगा राममन्दिरतर्फ समेत धेरै भिडभाड भएमा आबश्यकता अनुसार एक लाइन हुन सक्ने कोषले जनाएको छ ।

    नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरी फलामको सानो ढोकाबाट प्रवेशको व्यबस्था गरिएको छ ।

    सवारी पार्किङ र ट्राफिक व्यबस्थापन 
    महाशिवरात्रिमा दर्शनार्थीहरुको अत्याधिक भिड हुने हुँदा कोषले सवारी पार्किङका लागि छुट्टै व्यबस्था गरेको छ । तीलगंगा (गल्फकोर्स उत्तरतर्फ), पशुपति क्षेत्र विकाकोष,को कार्यालय, महानगरीय प्रहरी वृत÷ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल, गुहेश्वरी पारिपट्टि, गरी विभिन्न पाँच स्थानमा पार्किङको व्यबस्था मिलाइएको छ ।

    एअरपोर्ट, गौशाला, चावहिलको रिङरोडमा दर्शनार्थीको चापलाई ध्यानमा राखि एकतर्फी सवारी गुड्न दिने व्यबस्था समेत मिलाइने कोषले जनाएको छ ।

    लागूपदार्थ निषेध

    पशुपति क्षेत्रमा भाङ, धतुरो, सुर्ती लगायत नशालु पदार्थको प्रयोगको विकृति बढेसँगै पशुपति क्षेत्रमा यस्ता धुम्रपान, मध्यपान जस्ता लागूपदार्थ सेवन निशेष गरिएको छ । पशुपति क्षेत्रमा यसवर्ष गाँजा, भाङ, धतुरो, जाँड, रक्सी  लगायत नशालुपदार्थ प्रयोगमा निशेष गरिएको हो, यसका साथै माछा, मासु लगायतका मांसाहारि खानेकुरा समेत निशेध गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij