मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमपातले रोल्पा र रुकुमपूर्व जोड्ने सडक अवरुद्ध

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५



  • x'Dnfdf lxdkft x'Dnfdf ;f]daf/ /fltb]lv lxdkft x'Fbf hghLjg si6s/ aGb} uPsf] . ;b/d'sfd l;dsf]6df cfjthfjt ug{ ;d:of ePsf] 5 . w]/}h;f] k;n Joj;fo aGb /x]sf 5g . xjfO{ ;]jf;d]t aGb /x]sf] 5 . t:jL/ M bfg] af]x/f x'Dnf, -/f;;_

    रुकुमपूर्व । पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ ।

    शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् । हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि शहीदमार्गको काँक्री–घोराही खण्डमा डेढमहीनादेखि यातायातका साधन चल्न सकेका छैनन् ।

    पहिलो पटक हिमपात भएदेखि नै सो सडकमा यातायातका साधन चल्न नसकेको भूमेगाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । हिमपातले बाटो अवरुद्ध भएपछि विशेष गरी भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीले घोराही पुग्न रुकुम (पश्चिम) को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

    हिमपातले काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै शहीद मार्गबाट दाङको घोराही पुग्ने यात्रु रुकुम ९पश्चिम० को सदरमुकाम मुसिकोट हुँदै राप्ती राजमार्गबाट दाङ पुग्न बाध्य छन् । यसरी यात्रा गर्दा बाटो लामो पर्ने र भाडा पनि महङ्गो पर्ने यात्रुले बताएका छन् ।

    काँक्रीबाट शहीद मार्ग भएर जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किमी दुरी पार गर्नुपर्ने बाध्यता रहेको यात्रु मङ्गलबहादुर कामीले बताए ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij