के तपाईले यस्ता व्यक्ति देख्नु भएको छ जो बिना चम्चा खाना खान चाहदैनन् । हातले खाना खाँदा हात फोहर हुन्छ भन्ने सोचमा कतै तपाई पनि पर्नुहुन्छ की ? के तपाई पनि खाना चम्चाले मात्र खाने गर्नु भएको छ, त्यसो हो भने यस्तो बानी आजै देखि छोड्नुस् । हातले खाना खानुका फाइदा सुन्नु भयो भने तपाई आफै यो बानी छाडिदिनुहुनेछ ।
परापुर्व कालदेखि खाना खाँदा हातको नै प्रियोग हुँदै आएको हो तर समय परिवर्तन भएसँगै मानिसहरु खाने तरिका पनि परिवर्तन गर्दै गइरहेका छन् । मानिसहरु खाना खाँदा अचेल हातको प्रयोग गर्दैनन् । प्राय मानिसहरु चम्चाले खाना खाने गर्छन् । यदि सफा हातले खान खाने हो भने हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । त्यसैले हातले खाना मुसेर खाने गर्नुपर्छ ।
आज हामी यस भिडियोमा हातले खाना खाँदा शरीरलाई हुने फाइदाहरु के के हुन् भन्ने जानकारी दिन्दैछौँ । हेर्नुस् यस्ता छन् फाइदा :
१. विभिन्न अध्ययनले हातले खाना मुसेर खाने गरेमा हाम्रो शरीरको पाचन तत्व सन्तुलन रहने देखाएको छ ।
२. हातले खाना खाँदा हाम्रो औँलाहरु एक आपसमा मिल्ने गर्छन् । यसले एक मुन्द्रा बन्छ र शरीरमा उर्जा उत्पन्न हुने काम हुन्छ ।
३. चम्चाले खाँदा चम्चामा विभिन्न किटाणुहरु हुन सक्छन् । तर खाना खानु अघि हात राम्रोसँग धोएर खाने गरेमा विभिन्न प्रकारका किटाणुको संक्रमणबाट बच्न सकिन्छ ।
४. हातले खाना खाँदा खानको तापक्रम हामी महसुस गर्न सक्छौं । यसले गर्दा हामी खानाले हाम्रो जिब्रो वा मुख पोल्छ कि पोल्दैन भनेर सजिलै थाहा पाउन सक्छौं ।
५. जब हामी हातले खाना खान्छौं हातको स्पर्शले हाम्रो हात , मुख , पेट र दिमाग बीच एक प्रकारको सम्बन्ध बन्छ । यसले कुपोषितबाट बचाउँछ ।
थप जानकारीको लागि स्वास्थ्य जानकारीको यो भिडियो हेर्नुस् :