प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५
काठमाडौं । हिन्दुहरुको निकै महत्वपूर्ण चाड महाशिवरात्रीका अवसरमा सोमबार भगवान् श्री पशुपतिनाथको मन्दिर परिसरमा आउने श्रद्धालु भक्तजनहरुलाई सुरक्षा एवं विविध मानवीय सेवा पुर्याउने उद्धेश्यले सामुदायिक सेवा केन्द्र चावहिल लगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरी सेवा पुर्याइएको छ ।
उक्त पोष्ट मार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकहरुद्धारा ६६ जनालाई स्वास्थ्य सेवा पुर्याइएको छ ।
भिडमा हराई अभिभावकबाट सम्पर्कविहीन भएका १ सय ६३ जनालाई खोजी गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाउनुको साथै थप मानवीय सेवा कार्य समेत गरिएको थियो ।
साथै कमाण्ड पोष्टमा भक्तजनहरुले सहयोगको लागि आग्रह गरेकोमा उनीहरुलाई आवश्यक समन्वय र सहयोग समेत प्रदान गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij