मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शिवरात्रिका अवसरमा खोटाङको हलेसीमा दर्शनार्थीको भीड

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • खोटाङ । त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो ।

    मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशी नदीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको हो ।

    पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, इलाम, रौतहट, पोखरालगायत छिमेकी देश भारतका दर्शनार्थी गाडी रिजर्भ गरेर आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिकरूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

    महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेका हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताए । हप्तादिनसम्म लाग्ने शिवरात्रि मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

    हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीजजस्ता पर्वमा ठूलो मेला लाग्ने गर्दछ । हलेसी आवत–जावत गर्न यातायातको सुविधा तथा बास बस्नका लागि होटल पर्याप्त मात्रामा खुलेपछि अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij