मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रि-मनसुन सुरु, मौसमविद भन्छन्- तीन महिनासम्म पहाडी क्षेत्र प्रभावित भइरहन्छ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५



  • २१ फागुन, काठमाडौं । यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद् सुवास रिमालले प्रि-मनसुन सुरु भइसकेकाले देशका पहाडी भेगको मौसम प्रभावित बनिरहने बताए । प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने उनको भनाइ छ ।

    ‘प्रि-मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराहृन तथा साँझ लागेपछि पहाडी भूभागमा फाट्टफुट्ट वर्षा हुने हुन्छ’, रिमालले अनलाइनखबरलाई भने, ‘मार्चदेखि सुरु पि्र-मनसुन मे महिनासम्म चल्ने भएकाले पहाडी भेगको मौसम उस्तै रहने देखिन्छ ।’

    पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन । ‘नयाँ प्रणाली विकास नभइसकेकाले पहाडीबाहेकका क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना देखिँदैन’, रिमालले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij