प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५
चिसोको कारण घाँटीमा समस्या हुन्छ । हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ ।
-धेरै मसलेदार भोजन धेरै सेवन गर्दा
-कब्जियतको कारण
-कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन
-गलामा टन्सिल हुँदा
यद्यपी जाडोमा भाइरल इन्फेक्सनले घाँटीमा इन्फेक्सन हुन्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि समस्या उत्पन्न हुन्छन् ।
यदि हामीले केही सामान्य घरेलु उपायहरु पछ्यायौं भने यो समस्याबाट बाहिर निस्कन सक्छौं । संभव भएसम्म घाँटीको समस्याबाट राहत पाउनका लागि घरेलु उपचार खोज्नुपर्छ । नुन मिसाएर तातो पानीले कुल्ला गर्दा पनि सामान्यत घाँटीको दुखाई ठिक हुन्छ । त्यसबाहेक अन्य विधी पनि छन्, जसले घाँटीको दुखाईमा प्रभावकारी उपचारको काम गर्छ ।
१. एक-एक चम्चा मह र कागतिको रस मिलाएर पिउनुपर्छ ।
२. तुलसीको ६ वा ७ पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनुपर्छ ।
३. एक गिलास पानीमा एक चम्चा नून हालेर उमाल्नुपर्छ । पानी मनतातो भएपछि यसले कुल्ला गर्नुस । बिहान र बेलुका यसो गरौं ।
४. एउटा फराकिलो भाँडोमा २ गिलास पानी उमाल्नुपर्छ । नीलगिरीको तेलको २ वा ३ थोपा हालेर वाफ लिनुपर्छ ।
५. लसुनका ४-५ कल्लीलाई तावामा सेकेर खानुपर्छ ।
६. एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह हालेर पिउनुपर्छ ।
७. एक गिलास पानीमा दालचिनीको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह मिसाएर पिउनुपर्छ ।
८. मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि फाइदा हुन्छ ।
प्राणायम
भ्रामरी प्राणायम पनि निकै प्रभावकारी हुन्छ । भ्रामरी हरेक दिन १० वा १५ मिनेटसम्म गर्नुपर्छ ।
के कुरामा परहेज गर्ने ?
-दुध वा घिउ सेवन नगरौं ।
-टर्रो, अमिलो, पिरो खानेकुरा सेवन नगरौं ।
-तारेको खानेकुरा सेवन नगरौं ।
-धेरै चिसो वा पि|mजमा राखिएको पानी वा खानेकुरा सेवन नगरौं ।
-मासु, रुखो भोजन, सुपारी, माछा आदिबाट परहेज गर्नुपर्छ ।
-मदिराजन्य पदार्थ सेवन नगरौं ।
-धुमपान गर्नै हुन्न
नोट: माथी उल्लेखित स्वास्थ्यसँग सम्बन्धित जानकारी विभिन्न पत्रपत्रिका, सामाजिक संजाल तथा अनलाइनहरुबाट साभार गरिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त जानकारीहरु यहाँ प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij