प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५
पहाडी भेगमा पाइने एक वनस्पति हो । अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ ।
यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ ।अलैची केहि स्वास्थ्य समस्याको लागि पनि निकै उपयोगी छ । यसप्रकार छन् अलैचिका फाईदाहरु ।
१) खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
२) अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।
३) एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
४) यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।
५) अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij