मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सौर्य एयरलाइन्सले पुनः नियमित उडान गर्दै, २ एटिआर पनि ल्याउने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५



  • स्वामित्व परिवर्तन भएपछि सौर्य एयरलाइन्सले नियमित उडान फागुन २४ गतेदेखि पुनः शुरु गर्ने भएको छ। आर्थिक अभाव भएपछि मंसिर ११ गतेदेखि नियमित उडान बन्द गरेको एयरलाइन्सले पुनः उडान शुरु गर्ने भएको छ।

    केही समय अघि गैरआवासीय नेपालीले किनेर चलाउन नसकी बन्द भएको सौर्य एयरलाइन्स फेरि बिक्री भएको थियो। अघिल्लो पटक खरिद बिक्रीको सम्झौता भएर पनि स्वामित्व हस्तान्तरण नभएको एयरलाइन्स अहिले भारतीय कम्पनीले ६२ करोड रुपैयाँमा किनेको थियो।

    भारतीय कुबेर ग्रुपले नेपाली साझेदारसँगको साझेदारीमा पूर्ण स्वामित्व किनेको थियो। स्थापना भएको चार वर्षमै चलाउन नसकेपछि संस्थापकहरुले बिक्री गरेका थिए।

    जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौती गर्दै आएको थियो।

    विमानस्थलमा पार्किङ र ल्यान्डिङबापतको शुल्क तिर्न सकेको थिएन। बक्यौता बापत ५० लाख रुपैयाँ विमानस्थललाइ बुझाइएको र बाँकी २ महिनाभित्र बुझाइसक्ने एयरलाइन्सले जानकारी दिएको छ।

    क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।

    एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ। लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।

    २०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भए पनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।

    जेट जहाज चलाइरहेको एयरलाइन्सले अब एटिआर ल्याउने भएको छ। उसले अबको छ महिनाभित्र दुईवटा एटिआर ७२ सिरिजका २ जहाज ल्याउने बताएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij