प्रकाशित मिति : बुधबार, फाल्गुन २२, २०७५
काठाडौं । स्वाथ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले प्रधानमन्त्री ओली केहि बेरमा डिस्चार्ज हुने जानकारी दिएका छन्। पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएका हुन्।
नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij