मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुँदै

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • ????????????????????????????????????

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ। कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो।

    ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए।

    “मेलाले कर्णाली प्रदेशको ‘डिजिटल कर्णाली’ बनाउने अवधारणा र लक्ष्य परिपूर्ति दुवैमा सहयोग पुर्याउने हामीले अपेक्षा राखेका छौँ”, अध्यक्ष अधिकारीले भने, “मेलामा स्मार्ट पर्यटनलाई पनि जोड दिइएको छ।” सूचना र प्रविधिमा आएका नवीनतम उत्पादनलाई मेलामा प्रदर्शन गरिने उहाँको भनाइ थियो।

    सूचना तथा सञ्चार प्रविधिको बृहत् प्रदर्शनी हुने ‘क्यान इन्फोटेक मेला’ रोबर्टबाट उद्घाटन हुने क्यान महासङ्घका सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्दले जनाए।

    अध्यक्ष चन्दले आइटी सेमिनार, नेपाली वैज्ञानिकले निर्माण गरेको रोबर्टलगायत विभिन्न प्रविधिजन्य सामग्री तथा उपकरणको प्रदर्शन हुने बताए।

    “इन्फोटेक मेलाभित्र आइसिटी कन्फ्रेन्स, आइसिटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषय सेमिनार सञ्चालन हुनेछन्”, अध्यक्ष चन्दले भने, “त्यस अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरीदमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिइने र टाइपिङ प्रतिस्पर्धासमेत गराइनेछ।”

    त्यसैगरी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एकलाई ‘रारा भिजिट’, १० लाई एन्टिभाइरस निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

    मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिएको क्यान महासङ्घले जनाएको छ।

    इन्फोटेक मेला फागुन २४–२८ गते पाँच दिनसम्म सञ्चालन हुनेछ। कर्णालीमा पहिलोपटक आयोजना हुनलागेको सूचना, सञ्चार प्रविधिको यो ठूलो प्रदर्शनीमा १० वटै जिल्ला गरेर एक लाख दर्शकले अवलोकन गर्ने र रु ३६ लाखको कारोबार हुने आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij