प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५
नयाँ दिल्ली। भारतको नयाँ दिल्ली हर्ष विहार क्षेत्रमा ५ कक्षामा पढ्ने एक बालिकाको एसिड पिएका कारण मृत्यु भएको छ । ती छात्राले बोतलमा राखिएको एसिडलाई पानी सम्झेर पिएकी थिइन् । उनको गएराती जीटीबी अस्पतालमा मृत्यु भयो । पुलिसले लापरवाहीका कारण मृत्यु भएको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
पुलिसका अनुसार मृत्यु हुने ११ वर्षकी छात्रा संजना भारती पब्लिक स्कुलमा ५ कक्षामा पढ्थिन् । मंगलबार संजना कक्षामा दिउँसोको खाजा खाँदै थिइन् । त्यहीँ ४ कक्षाकी उक छात्रा पनि आइन् । ती छात्राले कोल्ड ड्रिंकको बोतलमा पानी सम्झेर एसिड लिएर आएकी थिइन् । संजनाले उनीसँग पानी मागेपछि उनले एसिड भरिएको बोतल दिइन् । पानी सम्झेर एसिड पिएपछि गम्भीर हालतमा संजनालाई अस्पताल भर्ना गरियो जहाँ गएराती उनको मृत्यु भयो ।
डाक्टरले संजनाले पानीको ठाउँमा तेजाब पिएको बताएपछि तत्कालै पुलिसलाई खबर गरिएको थियो । पुलिसले तेजाब राखिएको बोतल कब्जामा लिएको छ । संजनाका परिवारले स्कुल प्रशासन र ४ कक्षाकी छात्राका परिवारमाथि लापरवाहीको आरोप लगाएका छन् । पुलिसले ४ कक्षाकी छात्राका परिवारसँग पनि यस विषयमा सोधपुछ गरिरहेको छ । ४ कक्षाकी छात्रा पानीको ठाउँमा तेजाब भरिएको बोतल लिएर कसरी स्कुल पुगिन् भने अझैसम्म खुल्न सकेको छै । पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij