रामेछाप दुर्घटनाका घाइतेलाई काठमाडौंको मेडिसिटी ल्याइयो

काठमाडौं । रामेछाप नगरपालिका–६ ओख्रेनीमा आफैंले चलाएको स्कोर्पियो दुर्घटना हुँदा रत्नबहादुर नेवार घाइते भएका छन्। उनका भाई श्यामबहादुर नेवार तथा बाटोमै भेटिएकी मञ्जु थापा र उनकी छोरी दुर्घटनामा परेका हुन्। दुर्घटनामा घाइते भएकाहरुलाई

हेलिकोप्टरबाट काठमाडौंको नेपाल मेडीसिटी अस्पतालमा ल्याइएको छ। रत्नबहादुरको कम्मर मुनीका भागहरुमा चोटपटक लागेको छ भने मञ्जु थापाको खुट्टा भाँचिएको छ। त्यस्तै श्यामबहादुर नेवार र अन्य घाइतेको अवस्था गम्भीर रहेको मेडिसिटी अस्पतालका
आकस्मिक विभागका प्रमुख डा.सञ्जय कार्कीले बताए।

सबै घाइतेलाई अहिले आकस्मिक कक्षमै राखेर उपचार गरिरहेको र उनीहरु सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology