शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

उपचार गर्न गएका बालकलाई जब डाक्टरले हाने १० थप्पड !

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५



  • दाँत र गिजाको उपचार गर्न गएका बालकलाई थप्पड हानेपछि बुटवलमा दन्त चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।

    दायाँतर्फको दाँतको गिजामा घाउ आएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका ६ वर्षीय अभिनव विक आमा कमलासँग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका थिए।

    अस्पतालको ओपिडी टिकट लिएर जाँच गराउने क्रममा दन्त चिकित्सक हेमन्त पाठकले देब्रे गालामा १० थप्पड हानेको उनको परिवारले जनाएको छ।

    चिकित्सको लगातारको थप्पडपछि बालक अभिनवको गाला रातै भएको र सुन्निएको थियो।
    अभिनव विक।

    बालकका बुवा राजु विकले अस्पतालकै चिकित्सकले बिरामी बालकमाथि गरेको व्यवहार अत्यन्त निकृष्ट भएको बताए।

    उनले उपचार गर्नुको सट्टा झनै घाइते बनाउने गरी कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्न माग गरे।

    उपचार गर्नुको सट्टा बालकलाई कुटपिट गरेको भन्दै अस्पतालमा आएका बिरामीका आफन्त तथा सर्वसाधारणले कुटपिट गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गर्दै केहीबेर अस्पताल घेराउ र नाराबाजी गरेका थिए।

    बिरामीका आफन्तको नाराबाजीपछि प्रहरीले उपचारमा संलग्न चिकित्सक पाठकलाई पक्राउ गरेको जनाएको छ।

    आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए।

    चिकित्सक पाठकले बालकले सुई लगाउन नदिएपछि तर्साउने क्रममा गालामा थप्पड हानेको बताएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology