मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाबुको काजकिरिया गर्दै छोरी

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५



  • बझाड। परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ। पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन।

    समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस्, पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ। तर पाल्पाको रामपुर नगरपालिका–४ बाङ्गेपसल सिन्दुरेटार बस्ने २७ वर्षीया अविवाहित नौकला विकले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छन्।

    छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ। रामपुर क्षेत्रमा छोरीले बाबुआमाको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेको नौकलाले बताइन्।

    नौकलाले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ति दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेकी छन्। ‘‘अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ” नौकला भन्छिन्, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो।”

    बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर भाइसँगै बसेर कपाल फालेर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनी बताउँछिन्। आइतबहादुरकी श्रीमती र १७ वर्षीय कान्छी छोरी विनिता विक पनि सामाजिक परम्पराअनुसार सेतो बस्त्रमा काजकिरियामा बसेकी हुन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij