मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसकारण हुन्छ पुरुषमा नि:सन्तान

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • महिला वा पुरुष दुवैको कारण निःसन्तानको समस्या हुन सक्छ । कुनै दम्पतीबाट सन्तान नभएको खण्डमा श्रीमान्–श्रीमती नै भागीदार हुन्छन् । अहिले पनि अशिक्षित समाजमा निःसन्तानको कारक महिलालाई मात्र मानिन्छ जुन गलत छ । यी हुन् पुरुषमा निःसन्तान हुनाका कारण :

    शुक्रकीटको खराबी
    पुरुषको वीर्यमा शुक्रकीट नहुँदा सन्तान जन्मन सक्दैन । अथवा कम हुँदा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । पुरुषको यौन क्षमता र यौन चाहना कमजोर हुँदा निःसन्तानको समस्या हुन सक्छ । शारीरिक सम्पर्कका वेला स्खलन नहुँदासमेत निःसन्तानको समस्या हुन सक्छ ।

    अनैतिक सम्बन्ध
    धेरै महिलासँग अनैतिक सम्बन्ध राख्ने पुरुषहरूको बच्चा नहुने सम्भावना हुन्छ । पौष्टिक तत्व र आरामको कमी, कसिलो अन्डरवेयरको प्रयोग, शरीरले ढान्नेभन्दा गाह्रो काम, सेक्सुअल्ली डिजिज पनि निःसन्तानका कारक हुन् ।

    अन्योल
    २० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यस्तो समस्या भएमा क्रोमोजोम र अन्य हर्मोनको जाँच गर्नुपर्छ । यसपछिमा कतिपय कारण पत्ता लाग्न सक्छ ।

    समस्या जुध्दा
    कतिपय दम्पतीमा यौनसम्बन्धी आ–आफ्नै समस्या हुन्छन् । दुवैको समस्या जुध्न पुग्दा पनि निःसन्तानको समस्या सिर्जना हुन सक्छ । यस्तो भएमा आकस्मिक बच्चाको सम्भावना पनि रहन्छ । यसरी एकअर्काको समस्या जुधेर निःसन्तान हुने समस्या भएमा कृत्रिम गर्भाधान सम्भव हुन सक्छ । तर, एकै पटकमा भने नहुन सक्छ ।

    अस्थायी साधन
    परिवार नियोजनका लागि अस्थायी साधनको प्रयोग पनि घातक बन्न सक्छ । लामो समय प्रयोग गरिने अस्थायी साधनका कारण निःसन्तानको समस्या हुन सक्छ । यस्तो समस्या महिलामा पनि हुन्छ । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने अस्थायी साधन उनीहरूका लागि घातक हुन्छ ।

    उपचार

    -निःसन्तानको समस्या भएमा पहिला कारणको पहिचान गर्नु आवश्कय हुन्छ । कतिपय रोगको उपचार पनि गर्न सकिन्छ ।

    -शुक्रकीटको कमी भएमा त्यसलाई बढाउनका लागि पनि चिकित्सकसँग सल्लाह लिन सकिन्छ ।

    -यदि शुक्रकीटलाई बढाउन नसकेमा पुरुषको शुक्रकीट लिएर कृत्रिम गर्भाधानबारे पनि सोच्न सकिन्छ । कतिपय अवस्थामा टेस्टट्युब बेबी पनि सम्भव हुन सक्छ।

    -पुरुषमा डिम्ब नबन्ने समस्या भएको खण्डमा औषधि सेवन गर्न पनि सकिन्छ ।

    -कतिपय अवस्थामा बढी तौलका कारण पनि निःसन्तानको समस्या हुन सक्छ । त्यसैले स्वास्थ्य जाँच गरी तौल घटाउनतिर लाग्न सकिन्छ ।

    -इन्फेक्सनको उपचार गरेर पनि निःसन्तानको समस्याबाट मुक्त हुन सकिन्छ ।

    -निःसन्तानको सम्भावित समस्याबाट बच्न विभिन्न अम्मलबाट पनि टाढा हुन आवश्यक छ ।

    -जस्तै– चुरोट, लागुऔषधलगायतको लत छोड्नुपर्छ ।

    -शुक्रकीट निर्माणका लागि अण्डकोशको तापक्रम ३२ देखि ३३ डिग्री सेन्टिग्रेटसम्म चाहिन्छ । लामो समय अत्यन्त गर्मी ठाउँमा काम गर्ने बाध्यता भएमा तापक्रम मेन्टेन गर्न आवश्यक हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij