आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा धेरैमा देखिएको थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।

    यसको कारण खाएको केही पनि खानेकुरा निल्न समस्या हुने गर्दछ । नेपालमा पनि थायराइडका बिरामी दिनानुदिन बढ्दो छ । स्वास्थ्य क्षेत्रमा बेथितीका कारण थायराइड नभएका मानिसहरुलाई पनि थायराइड भएको भन्दै औषधी दिइने गरिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई थायराइड नोड्युलको लक्षण्को बारेमा जानकारी दिँदैछौं । ता कि आफूलाई थायराइड भए नभएको आफैं पहिचान गर्नमा तपाईंलाई मद्दत होस् ।

    थायराइड नोड्युलका लक्षणः
    धेरैजसो अवस्थामा थायराइड नोड्युल सजिलै पहिचान गर्न गाह्रो हुन्छ । जबसम्म थायराइड सुन्निँदैन तबसम्म यसको लक्षण नै देखा पर्दैन । यसका लक्षण यस प्रकार छः
    – यो सुन्निने भएकाले यसलाई सजिलै सँग पहिचान गर्न सकिन्छ ।
    – सुरुवाती अवस्थामा खानेकुरा निल्नमा समस्य हुन्छ ।
    – कुनै अवस्थामा थायराइड नोड्युल अतिरिक्त मात्रामा थायराक्सिन हर्मोन निकाल्ने गर्दछ ।
    – थायराइड नोड्युलका कारण अचानक तौल घट्नसक्छ ।
    – मुटुको धड्कन पनि अनियमित हुने गर्दछ । कहिले कम त कहिले बढि
    – यसका कारण बोल्नमा पनि समस्या हुने गर्दछ किनभने यसले भोइस बक्स (लेरिंक्स)लाई संकुचित गरिदिन्छ ।
    – राती सुत्नमा समस्या हुन्छ । यस्तो थायराइड नोड्युल बढ्दा हुने गर्दछ ।
    – मांसपेशी कमजोर हुने गर्दछ जसका कारण बिरामीलाई कमजोर र थकान महसुस हुने गर्दछ ।

    थायराइड नोड्युलका कारणः
    आयोडिनको कमीः
    खानामा आयोडिनको कमीका कारण थायराइड नोड्युल बढ्ने सम्भावना बढि हुने गर्दछ । यदि तपाईंको आहारमा आयोडिनको मात्रा कमी हुन्छ भने थायराइड ग्रन्थीमा थायराइड नोडलको विकास हुने गर्दछ । यद्यपी, यसको अर्थ यो होइन कि तपाईंले आयोडिनको कमी केवल नुनमार्फत पूर्ती गर्नसक्नुहुन्छ भन्ने होइन । यसको लागि तपाईंले आयोडिनयुक्त आहार पनि खान सक्नुहुन्छ । सबैभन्दा धेरै आयोडिन समून्द्रि माछामा पाइने गरिन्छ ।

    थायराइडको टिस्युमार्फत
    यदि थायराइड टिस्यु असामान्य रुपमा बढिरहेको छ भने थायराइड नोड्युलको समस्या हुने गर्दछ । यस्तो स्थितीलाई थायराइड एडेनोमा नामले पनि चिनिन्छ–यद्यपी यो ननक्यान्सर हुने गर्दछ जसका कारण गम्भीर समस्या हुँदैन । केही एडेनोमा यस्तो पनि हुने गर्दछ जुन आफसेआफ थायराइड हार्मोनको उत्सर्जन पिट्युटरी ग्रन्थीभन्दा बाहिर गर्दछ । यसका कारण हाइपरथायराइडिज्म पनि समस्या पनि हुनसक्छ ।

    थायराइड सुन्निनेः
    थायराइड ग्रन्थी जब लामो समयसम्म सुन्निने गर्दछ तब थायराइड नोड्युल हुने सम्भावना बढ्ने गर्दछ । यो स्थितीलाई थायराइडिटिस पनि भनिन्छ । समान्यतया हसीमोटोज एक प्रकारको विकार हो जसले थायराइड ग्रन्थीलाई सुन्नाउन सहयोग गर्दछ र थायराइड ग्रन्थीको कार्यक्षमतालाई कम गर्ने गर्दछ । यसलाई हाइपोथायराइडिज्म भनिन्छ ।

    थायराइड क्यान्सरः
    थायराइड क्यान्सरमा नोड्युल सानो रहने धेरै सम्भावना हुन्छ । यदि परिवारमा कसैलाई यो रोग छ भने घरका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । यदि तपाईंको उमेर ३० देखि ६० को बिचमा छ भने यसको जोखिम तपाईंलाई बढि हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij