आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिटामिन डीको कमी भएमा यस्ता समस्या देखिन्छन्, यसरी गर्नुस् समाधान

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  • काठमाडौं । शरीरलाई स्वस्थ राख्नका लागि क्याल्सियम र प्रोटीनजस्तै भिटामिन डीको पनि प्रमुख भूमिका हुन्छ। यो बोसोमा सजिलै घुल्छ र यसले आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पु–याउने काम गर्छ।

    शरीरमा भिटामिन डीको कमी हुँदा अनेकथरी रोग लाग्छ । यसको आपूर्ति हाईड्रक्सी कोलेस्ट्रोल र सूर्यको परावैजनी किरणहरूबाट हुन्छ । अनि केही खाद्यपदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ ।

    धेरैजसो त मानिसले शरीरमा भिटामिन डीको कमी भएको छ भन्ने नै थाहा पाउँदैनन् । सही समयमा यसका लक्षणहरू चिनेर यसको मात्राको कमीलाई पूरा गर्न सकिन्छ । भिटामिन डीको कमी हुँदा शरीरले यस्ता संकेत दिन थाल्छ :

    थकान लागिरहने
    शरीरमा भिटामिन डीको कमी हुँदा थाकिने काम नगर्दा पनि शरीर थाकेको जस्तो हुन्छ । यसले गर्दा तनाव पनि बढ्छ । यस्ता लक्षण देख्नुभएमा कम्तीमा १० मिनेट घाममा बस्नुस् ।

    जोर्नीमा पीडा
    मांसपेशी तन्केको जस्तो हुने, जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।

    शरीरको तापक्रम बढ्ने
    भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८.६ डिग्रीनजिक पुग्छ र शरीरबाट पसिना पनि खुबै आउँछ । यसबाहेक निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।

    चोट छिट्टो ठीक नहुने
    दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।

    उच्च रक्तचाप
    रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।

    भिटामिन डीको कमीका कारण
    आवश्यकताभन्दा बढी तौल, जाडोमा घाममा नबस्ने, उमेर बढ्दै जाने, भिटामिन डी भएको खानेकुराको कमी, गाढा रंग भएको छाला हुनु केही कारण हुन् ।

    केही मानिसलाई घाममा बस्दा छाला चिलाउने समस्या हुन्छ । भिटामिन डीले भरपूर आहार लिँदा यो कमीलाई पूरा गर्न सकिन्छ ।

    त्यस्तो आहारमा दूध, मक्खन, माछा, सुन्तला, अण्डा, च्याउ, कड लिभर तेल, गाजर लगायत पर्दछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij