मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राप्ती गाउँपालिकामा नारी दिवस

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५



  •  

    देउखुरीको राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरी १ सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । लौङ्गिक समानताका लागी समान सोच र व्यबहार समृद्वीको आधार भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

    राप्ती गाउँपालिकाको आयोजना तथा लक्ष्मी महिला सहकारी र भृकुटी महिला विकास सहकारी संस्थाको सहयोगमा दिवस मनाइएको हो ।

    राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य गंगा थारुको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापती दुर्योधन पाण्डे, राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल,राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरी, भृकुटी महिला विकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा विभिन्न प्रतियोगितात्मक कार्यक्रम र साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विमला भट्टराई खनालले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij