प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५
एजेन्सी। बढेको पेट घटाउन हामीले धेरै उपाय अपनाउँदा पनि यसबाट छुटकारा पाउन सक्दैनौं । तर, पेट घटाउने निकै सहज र घरेलु उपाय छ जसलाई अपनाएर हामी निकै कम परिश्रममा सुगठित शरीर पाउन सक्छौं ।
‘द जर्नल अफ द साइन्स एण्ड फूड अफ एग्रीकल्चर’मा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टका अनुसार ग्रीन टी मा अदुवा मिसाएर पिउँदा ‘फ्याट बर्निङ’ तीब्र हुन्छ।
जर्नलमा उल्लेख भएअनुसार ग्रीन टी, अदुवा, मह र कागतीको प्रयोग गरेर पेट घटाउन सकिन्छ। यसका लागि ग्रीन टीमा अदुवा राखेर उमाल्नुहोस्। त्यसलाई छान्नुहोस् र त्यसमा मह र कागतीको रस राखेर पिउनुहोस्। यसलाई बिहान उठ्नेबित्तिकै खाली पेटमा पिउनुहोस् । दिनमा तीन पटक पिउँदा छिटो फाइदा हुन्छ। ग्रीन टी मा एन्टिअक्सिडेन्ट हुन्छ, अदुवामा जिंजेरल्स र कागतीमा हुने साइट्रिक एसिडले शरीरमा भएको बोसो निकै छिटो घटाउँछन्।
यसबाहेक राती ढिलो गरेर खाना नखानुहोस्। धेरै गुलियो र जंकफुड अनि फ्राइ गरेका खानाबाट टाढै रहनुहोस्। दैनिक आधा घण्टा एक्सरसाइज गर्नुहोस्। चिसो पानी पिउनुको सट्टा मनतातो गरेर पिउनुहोस्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij