प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५
काठमाडौँ । चलचित्र ‘क्याप्टेन’को सबैभन्दा मिठो गीत लुकाएर राख्दा के क्याप्टेनलाई भयो व्यापारिक रुपमा सुरुमा घाटा ? आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ ।
फाल्गुण १७ गते, शुक्रबारबाट रिलिज भएको चलचित्र क्याप्टेनले बक्स अफिसमा राम्रै व्यापार गरिरहेको छ भने यो हप्तापनि कुनै नेपाली सिनेमा नहुँदा ‘क्याप्टेन’ले बक्स अफिसमा केही मात्रामा साथ पाएको छ ।
चलचित्र ‘क्याप्टेन’ जसको कथावस्तुलाई लिएर दर्शकहरूले अत्यन्त माया प्रेमपनि गरेका छन् र राम्रो प्रतिक्रिया पनि दिएका छन् भने अर्कोतिर चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीको जुन भूमिका रहेको छ र जुा अभिनय रहेको छ त्यो उनको अहिलेसम्मको करियरको सबैभन्दा उत्कृष्ट अभिनयपनि भनिएको छ । साथै चलचित्र क्याप्टेन चर्चामा रहनुका कारण यसको गीतसंगीत पनि भनिएको थियो ।
विशेषगरी “रहर छ सँगै” बोलको गीत चर्चामा रहेको थियो त्यस्तैगरी “कर्ली कर्ली” कपाल बोलको गीत पनि चर्चामा रहेको थियो । यी दुबै गीतहरूमा चर्चामा रहेका थिए भने क्याप्टेनमा अर्को एउटा गीत पनि समावेश छ जसको बोल छ “सक्दिनँ म बाँच्न” । यो गीत सिनेमा रिलिज भएको करिब एक हप्तापछि मात्र रिलिज गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij