प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५
काठमाडौँ। कलाकारितामा आफ्नो नाम स्थापित गराउन सङ्घर्षरत मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा मृत्युसँग लडिरहेकी छिन्। केही समय अगाडि भारतमा नृत्य पढ्ने क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन्।
गएको पुस १८ गते भारतको देहरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल ल्याई माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
उनलाई कलाकार सपना लामिछानेले सहयोग गरेकी छिन्। राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेकी निशालाई सपनाले आफ्नो व्यक्तिगत तर्फबाट रु. पचास हजार उनका बुबालाई हस्तान्तरण गरिन् । पूरा जानकारीको लागी हेर्नुस् आर्टिस्ट खबरको यो भिडियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij