प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५
काठमाडौं । छोइला विशेषगरि नेवारी समुदायले खाने परिकार हो। तर आजकल यो परिकार सबैको प्रिय परिकार बनेको छ। छोइला बनाउँदा धेरैजसो मासुको बनाउने गरिन्छ। तर सोयाबिनको मस्यौरा, च्याउ आदिको पनि छोइला बनाउन सकिन्छ, जुन शाकाहारीहरुको लागि उपयुक्त परिकार हुन्छ। आज हामी यस भिडियोमा च्याउको छोइला बनाउन सिकाउँदैछौँ जुन आजभोली निकै मनपराएका छन् मानिसहरुले ।
आवश्यक सामग्री
च्याउ , प्याज, हरियो खुर्सानी, लसुन, अदुवा
बेसार, नुन, जिरा धनियाँ पाउडर, मेथी
सुकेको खुर्सानी, उसिनेको टमाटर, टिमुर
बनाउने विधि :
च्याउलाई राम्रोसंग केलाउने र तातो पानीले पखाल्ने।
च्याउबाट पानी निकालेर सुख्खा बनाउने।
अब एउटा भाँडोमा तेल तताउने र तेल तातेपछि त्यसमा च्याउ राखेर फ्राई गर्ने।
त्यसपछि लसुन, अदुवा, टिमुर, टमाटर, मसलाको पेस्ट बनाउने।
फ्राई भएको च्याउलाई एउटा भाँडोमा राख्ने र त्यसमा अघि बनाएको पेस्ट राख्ने।
अब प्यानमा तेल तताएर त्यसमा बेसार र मेथी फुराउने।
त्यसपछि च्याउमा त्यो तेलले झान्ने।
अब त्यसमा खुर्सानी, हरियो प्याज, लसुनको पात आदि सबै राखेर राम्रोसंग मोल्ने।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij