प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५
मनाङ । मनाङको ङिस्याङ गाउँपालिका–१ स्थित क्याङदी भिरमा हिम पहिरोमा पुरिएर धादिङ बसेरी गंगाजमुना गाउँपालिका बस्ने २६ वर्षीय अजय ढकाल र नेदरल्याण्डका नागरिक भीनसेन्ड जान ब्लोनको मृत्यु भएको छ ।
फागुन ६ गते अन्नपूर्ण राउण्ड ट्रेकिङमा गएका उनीहरु मौसमको कारण ट्रेकिङ पूरा गर्न नसकी फर्किने क्रममा सम्पर्क विहिन भएका थिए । प्र
हरीले सञ्चालन गरेको खोजी अप्रेशनका क्रममा उनीहरुको शव हिउँले पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गर्ने अजयको शव बिहीबार दिउसो तथा नेदरल्याण्डका नागरिकको अन्नपूर्ण ट्रेकिङ रुटमै शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले उद्धार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij