मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडकलाई चौडा गरिदै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५



  • बाग्लुङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडकलाई चौडा पार्न थालिएको छ ।

    करिडोर स्तरोन्नति गर्न सरकारले २० करोड रुपैयाँको लागतमा नेपाली सेनालाई जिम्मा दिएपछि काम सुरु भएको हो ।

    कालीगण्डकी करिडोरलाई १० मिटर कायम गर्न बाग्लुङमा १० करोड र गुल्मी खण्डमा १० करोड रुपैयाँ निकासा गरिएको छ ।

    नेपाली सेनाले २०७५ माघ १९ देखि २०७६ असार महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माणको काम अघि बढाएको हो ।

    सडकको स्तरोन्नतिपछि कालोपत्रे गर्न सडक विभागलाई हस्तान्तरण गर्ने नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

    करिडोरअन्तर्गत बाग्लुङ खण्डको मालढुंगादेखि बलेवा एयरपोर्टको सडक चौडा पार्ने काम तिव्र गतिमा भइरहेको नेपाली सेनाका अवकास प्राप्त प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए ।

    बाग्लुङ खण्डको ३८ किलोमिटर र गुल्मीको ८० किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकेसँगै सेनाले चौडा पार्ने काम अगाडि बढाएको हो ।

    चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको यो सडक आयोजनालाई त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाकाको रुपमा लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij