प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५
बैतडी । बैतडीको पाटनमा शनिबार साँझ ग्रेडर मेसिनको ठक्करबाट बिद्यार्थीको मृत्यु भए पछि आफन्त र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
मृतकका आफन्त र बिद्यार्थीले दोसीलाई पक्राउ गरी छानबिन सहित कार्वाही गर्नु पर्ने र आफन्तलाई उचित क्षतिपुर्तीको माग राख्दै आइतबार बिहानै देखि आन्दोलनमा उत्रेका हुन्।
आफन्त र बिद्यार्थीहरुले आइतबार बिहानै देखि पाटन बजारमा टायर जलाएर सावारी साधन समेत चल्न दिएका छैनन । आफन्तले शव समेत बुझका छैनन्।
प्रहरीले अश्रुग्यास प्रहार गर्दा दुइजना आन्दोलनमा सहभागि विद्यार्र्थी घाइते समेत भएका छन। भिमदत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली विज्ञान प्रथम वर्षमा अध्यनरत पाटन वडा नं २ थलकुडाका १९ वर्षिय पुर्णनन्द पाण्डेयको शनिबार साँझ ६ बजे पाटन बजार देखि एयरर्र्पोट तर्फ जाँदै गरेको ग्रेडर मसिनको ठक्करबाट घटना स्थलमै मृत्यु भएको हो।
चालक फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर गिन्द्र बहादुर बोकटीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij