प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५
तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिका ६ सार्की चौतारामा ट्याक्टर पल्टदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाईते भएका छन्। घाईते मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ऋषिङ्ग गाउँपालिका ५ की ३५ वर्षीय ओममाया रानाको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाईते हुनेहरुमा ऋषिङ्ग ५ का ३२ वर्षीय बलबहादुर पाटामगर, ५० वर्षीया खिनीमाया पाटामगर, १८ वषीया कुमारी थापा रहेका छन्।
उक्त दुर्घटनामा ऋषिङ गाउँपालिका ५ बर्ष ५० का मोतीलाल राना मगर, बर्ष ५० का हिम बहादुर राना, बर्ष ८ की मनिसा थापा र ट्याक्टरका सहचालक नवलपरासी बुलिङटारका अन्दाजी २० का कृष्ण कुमाल हात, खुट्टा र टाउँकामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उक्त ट्याक्टरका चालक भने फरार छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij